MENU

गौशालामा सानिमाको शाखा

patan-college

अन्नपूर्ण बिहीबार, असोज २६, २०७४

Share This

635-x-85_1

काठमाडौं :  सानिमा बैंक लिमिटेडले गौशालामा नयाँ शाखा स्थापना गरी बैंकिङ सेवा विस्तार गरेको छ । बुधबारबाट सञ्चालनमा आएको उक्त शाखाको उद्घाटन बैंकका अध्यक्ष विनयकुमार श्रेष्ठ तथा ब्रान्ड प्रवद्र्धक कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले संयुक्त रूपमा गरेका छन् ।

 कार्यक्रममा बैंकका अध्यक्ष श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्दै समस्त ग्राहकको थप सेवा तथा सुविधाका लागि बैंकले शाखा विस्तार गर्दै जाने नीति लिएको बताए । त्यसै गरी सानिमाका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले बैंकका ग्राहक तथा सम्पूर्ण सरोकारवालालाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गर्दै यस शाखाबाट पनि ग्राहकलाई गुणस्तरीय सेवा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

कार्यक्रममा मह जोडीले गौशालामा सानिमा बैंक सञ्चालनमा आएकोमा गौशालावासीलाई बधाइ दिँदै सानिमा विश्वसनीय बैंकको रूपमा विस्तार हुन शुभकामना व्यक्त गरेका छन् । सानिमाको उक्त शाखासहित नेपालमा ४७ वटा शाखा सञ्जाल तथा ५३ वटा एटीएम सञ्चालनमा छन् ।

720x90_1
 720x90pix
  730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

730x90_Antenna_Relocation_Annapurnapost