MENU

डाबर रेड जेल नेपाली बजारमा

635x90_1

अन्नपूर्ण बिहीबार, असोज २६, २०७४ 93 पटक पढिएको

Share This

635-X-85

काठमाडौं :  डाबर नेपालले डाबर रेड जेल नेपाली बजारमा भित्र्याएको छ । कम्पनीले नेपाली ग्राहकलाई लक्ष्य गर्दै नयाँ उत्पादन बजारमा ल्याएको जनाएको छ । डाबर रेड जेलले उपभोक्तालाई ताजा स्वास मात्र नभई दाँतको सुरक्षा पनि गर्छ । ल्वाङ, पुदिना, मरिचजस्ता आयुर्वेदिक तत्व रहेको डाबर रेड जेलले ताजापन र दाँतलाई सुरक्षित राख्न मद्धत गर्ने कम्पनीले जनाएको छ ।

 डाबर नेपालका माकेर्टिङ हेड अभय गोर्खालीका अनुसार डाबर रेड जेल आयुर्वेदिक जेल हो, यसले उपभोक्तालाई आयुर्वेदका फाइदा प्रदान गर्नेछ । ताजा स्वास मात्र नभई दाँतको सुरक्षा पनि प्रभावकारी रूपले गर्ने डाबर रेड जेल बजारमा ल्याएको उनले बताए । यो उत्पादन बजारमा एक सय ५०, ८० तथा २५ ग्राम गरी तीन साइजमा उपलब्ध छ । कम्पनीका अनुसार यसको बजारमा मूल्य क्रमशः एक सय, ६० र २४ रुपैयाँ छ । दैनिक प्रयोग हुने सामग्री उत्पादनले डाबर नेपाल नेपालीको विश्वसनीय कम्पनी बनेको छ ।

720x90_1
 
720x90
730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2