MENU

ओखलढुंगा र फिदिममा लक्ष्मी बैंकको शाखा

635x90_1

अन्नपूर्ण बिहीबार, असोज २६, २०७४ 162 पटक पढिएको

Share This

635-X-85

 काठमाडौं :  लक्ष्मी बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा ओखलढुंगाको सिद्धिचरण नगरपालिका हुलाक डाँडा र पाचँथरको फिदिममा दुई नयाँ शाखा सञ्चालनमा ल्याएको छ । उक्त जिल्लामा बैंकको यो पहिलो शाखा हो ।

 संयुक्त राष्ट्र संघ पुँजी विकास कोष तथा लक्ष्मी बैंकबाट संयुक्त रूपमा सञ्चालित ‘उन्नति-वित्तमा पहँुच (ए२एफ)’ परियोजनाअन्तर्गत पूर्वाञ्चलका नौ जिल्लाका ग्रामीण समुदायमा वित्तीय पहुँच पुर्‍याउने उद्देश्यले उक्त शाखा सञ्चालनमा ल्याएको हो । योसँगै लक्ष्मी बैंकको शाखा संख्या ७१, तीन हस्पिटल सेवा काउन्टर, ९२ एटीएम, २५०० भन्दा बढी रेमिटेन्स र चार सयभन्दा बढी मोबाइल एजेन्ट छन् ।

नयाँ शाखासहित बैंकले आफ्नो सेवा अझ सुदृढ बनाउने विश्वास व्यक्त गरेको छ । यस शाखाको विस्तारसँगै बैंकले ग्राहकलाई उनीहरूकै रोजाइको माध्यम अर्थात् शाखा कार्यालय, इन्टरनेट बैंकिङ र मोबाइल फोनमार्फत बैंकिङ सेवा प्रदान गरी सहरी तथा अर्धसहरी क्षेत्रमा आफ्नो ब्रान्ड तथा ग्राहक अनुभवलाई थप सशक्त पार्ने नीति लिएको जनाएको छ ।

सुविधाजनक नयाँ निक्षेप योजना र विभिन्न आवधिक तथा बचत निक्षेप सेवाका साथै व्यक्तिगत तथा साना व्यवसाय कर्जा सेवा प्रदान गरी व्यक्तिगत तथा साना व्यवसाय बैंकिङ सेवाको दायरालाई फराकिलो पार्दै जाने लक्ष्य बैंकको छ ।

720x90_1
 
720x90
730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2