MENU

कोरियन कम्पनीले बनायो भूकम्प प्रतिरोधी नमूना घर

patan-college

अन्नपूर्ण बिहीबार, असोज २६, २०७४

Share This

635-x-85_1

काठमाडौं: कोरियन कम्पनी एसवाई ग्रुपले पहिलोपटक नेपालमा भूकम्पप्रतिरोधी नमूना घर तयार पारेको छ। यससँगै ग्रुपले भूकम्प प्रतिरोधी संरचना निर्माणका लागि चाँडै स्यान्डवीच प्यानल र अन्य धेरै प्रकारका निर्माण सामग्री पनि उत्पादन गर्ने तयारी गरेको छ।

 

महाराजगञ्जमा ग्रुपले प्रिफ्याबबाट बनाएको दुई तले उक्त नमूना घरको बुधबार उद्घाटन गर्दै उद्योगमन्त्री सुनिलबहादुर थापाले यस्ता भवन विशेषगरि सुरक्षाकर्मी र विद्यार्थीका लागि उपयोगी हुने बताए। 'सुरक्षाकर्मी पालमा बसेको २०÷३० वर्ष भइसक्यो तिनलाई यस्तो भवन बनाए आवासका लागि उत्तम हुनेछ', उनले भने, 'भूकम्पले भत्काएका विद्यालयको विकल्पमा यस्तो भवन भरपर्दो हुन्छ। चाहिँदा बनाउने र पछि भत्काएर अन्तै सार्न पनि मिल्ने भएकाले प्रिफ्याब अबको आवश्यकता हो।'

नेपाल राष्ट्र बैंकका निमित्त गभर्नर चिन्तामणि शिवाकोटीले भूकम्पप्रतिरोधी उत्कृष्ट उत्पादन भएकाले एसवाई ग्रुपलाई भित्र्याउन सहजीकरण गरेको जानकारी दिए।

ग्रुपका अध्यक्ष होङ योङ दोनले नेपालको सामाजिक एवं आर्थिक विकासमा सहयोग गर्ने उद्देश्यले नेपाली बजारमा प्रत्यक्ष लगानी गर्ने निर्णय गरेको र समूहले नेपाल लगायत दक्षिण एसियामै आवश्यक पर्ने स्यान्डवीच प्यानल र अन्य धेरै खालका निर्माण सामग्री उत्पादन गर्ने लक्ष्य लिएको जानकारी दिए।

यसै वर्ष चितवनमा पनि ग्रुपको कम्पनी स्थापना गर्ने लक्ष्य राखेको उनको भनाई छ। लगानी गरेका प्याब्सनका अध्यक्ष विजय सम्बाहाम्फेले पनि विद्यालय निर्माणमा प्रिफ्याबका भवन सस्तो, सहज र सुरक्षित हुने बताए।

Nami
 720x90pix
  730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

730x90_Antenna_Relocation_Annapurnapost