MENU

दिल्लीका मुख्‍यमन्त्री केजरीवालको कार दिउँसै चोरी

635x90_1

एजेन्सी बिहीबार, असोज २६, २०७४ 9586 पटक पढिएको

Share This

635-X-85

एजेन्सी: दिल्लीका मुख्‍यमन्त्री अरविन्द केजरीवालको कार चोरी भएको छ। दिल्ली सचिवालयको बाहिर राखिएको मुख्‍यमन्त्रीको कार चोरी भएको दिल्ली पुलिसलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ।

 

सन् २०१५ को विधानसभा चुनावसम्‍म केजरीवाल त्‍यही वेगन आर प्रयोग गर्दै आएका थिए। तर, त्यो कार पछि आम आदमीकै कार्यकर्ताले प्रयोग गर्दै आएका थिए। निलो र‌ङको उक्त छोटो कार अरविन्द केजरीवाललाई निक्‍कै सुहाउथ्‍यो।

दिल्ली प्रहरीका एक वरिष्ठ अधिकृतले भनेका छन्, 'उक्त कार दिल्ली सचिवालयको बाहिर राखिएको थियो। दिउँसो एक बजे कसैले चोरेर लगिदियो।'

जनवरी सन् २०१३ मा कुन्दन शर्मा नामका एक सफ्टवेयर इन्जिनियरले मुख्यमन्त्री केजरीवाललाई उक्त कार उपहार दिएका थिए।

720x90_1
 
720x90
730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

थप सामग्री

635x90_2