MENU

इस्टकोटमा लुकाएको १५ किलो चाँदीसहित भारतीय नागरिक पक्राउ

patan-college

राजकरण महतो बिहीबार, असोज २६, २०७४

Share This

635-x-85_1

बर्दिबास : इस्टकोटमा लुकाएर नेपालबाट भारत लादै गरेको अवस्थामा महोत्तरीको मनराबाट १५ किलो चाँदीसहित एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। मनरा सिसवा नगरपालिका-४ बाट भारतको बिहार जिल्ला सितामढी बेला प्रखण्ड परिहार सिर्सिया-१३ का २९ बर्षीय मुकेशकुमार महतो सुडीलाई बिहीबार प्रहरी पक्राउ गरेको हो।

नेपालबाट भारत जान लागेका उनलाई प्रहरीले चेकजाँचको क्रममा प्रकाउ गरेको हो। शंका लागेर खानतलासी गर्दा हाफ कोटबाट पाकेट बनाएर भारत लान लागेको ठूलो परिमाणको चाँदीसहित सुडीलाई प्रहरीले पक्रउ गरेको हो।

‘दश लाख नौं हजार पाँच सय १६ रुपैंयाको १५ किलो चाँदी हामीले बरामद गर्यौं,’ जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी कुवेर कडायतले भने,‘कपडाको इस्टकोट भित्र स-सानो खल्ती बनाएर चाँदीको दाना प्याकेट बनाएर लुकाएर जाँदै थिए। हामीलाई शंका लाग्यो। चेक जाँच गर्दा अवैध रुपमा बोकेको १५ किलो चाँदी भेटियो।’ इस्टकोटमा चाँदी तस्करीको नयाँ तरिका रहेको प्रहरीले जनाएको छ।

चाँदीसहित पक्राउ परेका सुडीलाई जिल्ला प्रहरी कार्यालयमा राखेर अनुसन्धान थालिएको छ। कारबाहीका लागि राजस्व अनुसन्धान क्षेत्रीय कार्यालय पथलैया बारामा बुझाउने प्रहरीले जनाएको छ।

 

Nami
 720x90pix
  730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

730x90_Antenna_Relocation_Annapurnapost