MENU

प्रविधि पत्रकार मञ्‍चको अध्‍यक्षमा रेग्मी सर्वसम्‍मत

अन्नपूर्ण आइतवार, असोज २९, २०७४ 1483 पटक पढिएको

Share This

635-X-85_1

काठमाडौं: प्रविधि पत्रकार मञ्च (टिजेएफ) को चौथो बार्षिक साधारण सभाले गोरखापत्र दैनिकका विश्वास रेग्मीलाई अध्यक्षमा चयन गरेको छ। टिजेएफको गत भदौमा सम्पन्‍न साधारण सभाले रेग्मीलाई अध्यक्षमा चयन गरेको हो।

आइतबार एक कार्यक्रम आयोजना गरि औपचारिक घोषणा गरिएको हो। त्यस्तै नयाँ कार्यसमितिको उपाध्यक्षमा राइजिङ नेपालका चोलाकान्त खनाललाई चयन गरेको छ। मञ्चको सचिवमा लिभिङवीथ आइसिटीका राजन लम्साल, सह-सचिवमा बिजखवर डटकमकी रक्षा रेग्मी, कोषाध्यक्षमा नयाँ पत्रिका दैनिकका गोपाल साउद मनोनित भएका छन्।

त्यसैगरी कार्यसमितिको सदस्यमा हाम्रा कुरा डटकमका माधव चम्लागाई, र अन्नपूर्ण अनलाइनका सहदेव चौधरी छन्।

कार्यक्रममा मञ्चका पूर्व अध्यक्ष तथा निर्वाचन समितिका रमेश श्रेष्ठ, कृति भुजु र निवर्तमान अध्यक्ष सरस्वती ढकालले मञ्चलाई व्यवसायीकता कायम राखी प्रविधि पत्रकारको सीप विकाशमा लाग्न सुझाव दिएका थिए।

720x90_1
 
720x90
730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2