MENU

रोजीले ल्याइन् नेपाल भाषाको एल्बम 'यच्चुगु सर्गः(कञ्चन आकाश)

635x90_3

अन्नपूर्ण आइतवार, असोज २९, २०७४ 1376 पटक पढिएको

Share This

635-X-85_1

काठमाडौं: गायिका रोजी डंगोल नेपाल भाषाको गीति एल्बम ‘यच्चुगु सर्ग’(कञ्चन आकाश) लिएर श्रोतामाझ आएकी छन्। आइतबार राजधानीको पर्यटनबोर्डमा आयोजित कार्यक्रममा रक्षामन्त्री भिमसेनदास प्रधान, बरिष्ठ गायक प्रेमध्वज प्रधानले रोजीको यच्चुगु सर्गः लोकार्पण गरे।

 

विमोचन कार्यक्रममा रक्षामन्त्री भिमसेनदास प्रधानले गीतसंगीत मानव जीवनको अभिन्न अंग रहेकोले यसले जीवनलाई सार्थक तुल्याइदिने दाबी गरे।उनले भने, 'संगीतबिना जिन्दगी निरर्थक हुन्छ। कोही संगीतको श्रोता हुन्छन भने कोही गायक, संगीतकार र रचनाकार। यी तीनको राम्रो सम्बन्ध नै गीतसंगीतलाई उचाइमा पुर्‍याउँछ।'

उनले आफूले गीतसंगीतमा सानैदेखि राख्ने भएकाले गाएबापत पुष्टकारी पाएको अनुभव समेत सुनाए। नेपालभाषसँगै अब आउँदा दिनमा नेपाली भाषाका गीतसंगीत ल्याएर राष्ट्रिय स्तरमा योदान दिन समेत उनको आग्रह थियो।

यस्तै गायक प्रेमध्वजले रोजीलाई ‘सम्भावना बोकेकी गायिका’को रुपमा लिएको बताए। यस्तै रोजीका श्रीमान् बालचन्द्र श्रेष्ठले लामो समय संगीत सिकेकी रोजीले विवाहपछि भने संगीतलाई निरन्तरता दनि नसकेको तर प्रतिभावान क्षमताका कारण पुनः नेपालभाषा मार्फत गीतसंगीतमा साथ दिएको बताए।

एल्बममा ‘मस्यु जितः छुजु छुजु', ‘यच्चुगु सर्गः', 'मोहनी तया ला', 'चुली जाया वङ्गु' र 'मतिना फसं' गरी पाँच वटा गीत समावेश छन्।'मोहनी तया ला' गीतमा रोजीलाई हाँस्यकलाकार मदनकृष्ण श्रेष्ठले साथ दिएका छन् भने 'मतिना फसं'मा गायक सानुबाबु महर्जनले साथ दिएका छन्। कार्यक्रममा ‘मस्यु जितः छुजु छुजु' गीतको भिडियो समेत लोकार्पण गरिएको थियो।

720x90_1
 
720x90
730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2