MENU

टेलिकमले कात्तिकभर नि:शुल्‍क यूसिम बाड्‍ने

अन्नपूर्ण मंगलवार, असोज ३१, २०७४ 32724 पटक पढिएको

Share This

635-X-85_1

काठमाडौं: नेपाल टेलिकमले तिहार तथा छठ पर्वको अवसर पारेर कम्पनीका सेवामा विभिन्न प्रकारका छुट तथा अफर उपलब्ध गराएको छ।

कम्पनीले तिहार तथा छठको अवसर पारेर बुधबारबाट कात्तिक १५ गतेसम्मका लागि लागु हुने गरि विभिन्न अफर उपलब्ध गराएको छ। टेलिकमले रिचार्जमा बोनस अन्‍तर्गत जिएसएम तथा सिडिएमए प्रिपेड मोबाइलमा रिचार्ज कार्डमार्फत रिचार्ज गर्दा बोनस उपलब्ध गराएको छ।

५०, सय, दुई सय, पाँच सय र हजार रुपैंयाका रिचार्ज कार्ड मार्फत रिचार्ज गर्दा १० प्रतिशत बोनस उपलब्ध गराइएको छ । त्यसैगरी १० रुपैंयाँ र सो भन्दा बढी एम्पोस मार्फत रिचार्ज गर्दा समेत १० प्रतिशत बोनस उपलब्ध हुने भएको छ । यो योजना बुधबारबाट ३ गतेसम्म रहने छ।

त्यस्तै युट्युब डाटा प्याक अर्तगत टेलिकमले जिएसएम प्रिपेड तथा पोष्टपेड मोबाइलमा एक सय रुपैयाँमा १ जिबी डाटा भोल्युम प्राप्त हुने व्यवस्था गरिएको छ। यो प्याक २१ दिनको अवधिसम्म प्रयोग गर्न सकिनेछ।

त्यसैगरी ६० रुपैयाँमा पाँच सय एमबी डाटा भोल्युम १४ दिनका लागि उपलब्ध गराइएको छ। यो योजना १५ गतेसम्म लागु हुनेछ।

टेलिमकले जिएसएम तथा सिडिएमए प्रिपेड÷पोष्टपेड मोबाइलमा कम्पनीकै नेटवर्कभित्र भ्वाइस, एसएमएस र डाटा प्याकेज अन्तर्गत १० रुपैयाँमा ६ मिनेट भ्वाइस, ५ वटा एसएमएस र १५ एमबी डाटा भोल्युम प्राप्त हुने गरी कम्बो प्याक उपलब्ध गराइएको छ। यो प्याकेज एक दिनको अवधिसम्म प्रयोग गर्न सकिने छ।

त्यसैगरी २५ रुपैयाँमा १६ मिनेट भ्वाइस, १६ वटा एसएमएस र ३५ एमबी डाटा भोल्युम तीन दिन अवधिका लागि उपलब्ध गराएको छ। ५० रुपैयाँमा ४५ मिनेट भ्वाइस, २५ वटा एसएमएस र ७० एमबी डाटा भोल्युम ५ दिन, एक सय रुपैयाँमा एक सय १० मिनेट भ्वाइस, ३० वटा एसएमएस र एक सय ५० एमबी डाटा भोल्युम १० दिन तथा ३ सय रुपैयाँमा तीन सय ६० मिनेट भ्वाइस, ४० वटा एसएमएस र ६ सय एमबी डाटा भोल्युम ३० दिनका लागि उपलब्ध हुनेछ।

साथै जिएसएम तथा सिडिएमए प्रिपेड÷पोष्टपेड मोबाइलमा कम्पनीकै नेटवर्कभित्र भ्वाइस प्याक अन्तर्गत १० रुपैयाँमा ११ मिनेट भ्वाइस कल प्राप्त हुने भएको छ।

यो प्याक एक दिनको अवधिसम्म प्रयोग गर्न सकिने छ। त्यसैगरी २५ रुपैयाँमा ३० मिनेट तीन दिन अवधिका लागि प्याकेज उपलब्ध छ। ५० रुपैयाँमा ७५ मिनेट पाँच दिन, एक सय रुपैयाँमा दुई सय मिनेट १० दिन र ३ सय रुपैयाँमा ६ सय ५० मिनेट ३० दिनका लागि उपलब्ध गराइएको टेलिकमले जनाएको छ।

यसका साथै टेलिमकले पीएसटीएन÷सीडीएमए फिक्स्ड फोन, एडीएसएल÷एफटीटीएच÷वाइम्याक्स पनि विभिन्न योजना ल्याएको छ। भने, एसएमएस अन्तर्गत जिएसएम तथा सिडिएमए प्रिपेड÷पोष्टपेड सेवामार्फत कम्पनीकै नेटवर्कभित्र हुने एसएमएस सेवाको विद्यमान महसुलमा ५० प्रतिशत छुट उपलब्ध गराएको छ।

त्यस्तै कम्पनीले बुधबा। देखि कात्तिक ३० गतेसम्म फोरजी सेवा लिनका लागि आवश्यक पर्ने सिम (यूसिम) निःशुल्क परिवर्तन गर्न सकिने व्यवस्था गरेको छ। फोरजी सेवा उपलब्ध भएका काठमाडौं, ललितपुर र भक्तपुर तथा पोखराका नेपाल टेलिकमका काउन्टरबाट यू सिम परिवर्तन गर्न सकिने टेलिमकले जनाएको छ।

720x90_1
 
720x90
730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2