MENU

कानुन कार्यान्वयन नहुँदा स्रष्टा र सर्जकको सिर्जना चोरी हुँदै

635x90_3

राजन गाउँले बुधवार, कात्तिक १, २०७४ 1085 पटक पढिएको

Share This

635-X-85_1

सिन्धुली: नेपाल प्रतिलिपी अधिकार राजिष्ट्रार कार्यालयका राजिष्ट्रार राजेन्द्र सिग्देलले नेपालमा कानुन कार्यान्वयन नहुँदा स्रष्टा र सर्जकको सिर्जना संकटमा पर्ने गरेको बताएका छन्।

सिन्धुलीमाढीमा आयोजित एक कार्यक्रममा राजिष्ट्रार सिग्देलले नेपालमा प्रतिलिपी अधिकार सम्बन्धी कानुन १९१० मै बनेको भएपनि त्यसको ८५ वर्ष हुँदासम्म यथेष्ट कार्यान्वयन हुन नसकेको भन्दै यस्तो बताएका छन्।

'१९१० को मुलुकी ऐनमै प्रतिलीपी अधिकारबारे उल्लेख भएको भएपनि झण्डै ८ दशक हुँदा थप ऐन तथा कानुनहरु निर्माण भएपनि कार्यान्वयन हुन भने सकेको छैन्,' उनले भने।

स्रष्टा र सर्जकको कला, संस्कृती तथा सिर्जनाहरु पछिल्लो समय दैनिक कपि हुने गरेको भएपनि नेपालमा हालसम्म त्यस्तो स्विकृती विनानै कपी गर्नेहरुलाइ प्रयाप्त कारबाही हुन नसक्दा सर्जकले पाउने पारिश्रमिकदेखि रोयल्टी नपाउनुनका साथै कलाको समेत लोप हुँदै जाँने अवस्था आएको उनको भनाई छ।

२०२२, २०४६ र २०६४ सालमा प्रतिलीपी अधिकारबारे कानुनी व्यवस्थामा स्पष्ट भएपनि हालसम्म कुनैपनि निकायले यसको पालना नगर्दा स्राष्टा र सर्जकको बौद्धिक सम्पतीमाथी क्षेती हुँदै गएको बताइएको छ।

सर्जकको सिर्जना उसको स्विकृती विना ५० वर्ष अघि कपी गर्ने कसैलाई अधिकार नहुँने कानुनमा स्पष्ट उल्लेख भएपनि कार्यान्वयन हुन नसक्दा सर्जकहरु मारमा पर्ने गरेको प्रमुख जिल्ला अधिकारी जनकराज दाहालको भनाई छ।

बौद्धिक सम्पती सर्जकहरुको बहुमुल्य सम्पती भएकाले गैरकानूनी रुपमा प्रतिलीपी लिनेहरुलाई सरकारले रणनीतिक योजना बनाएर कारबाही गर्नु पर्नेमा उनको जोड छ।

प्रजिअ दाहालले देशमा सर्जकको सम्मान भएमात्र अन्तराष्ट्रिय स्तरमा महत्व पाउने भन्दै प्रतिलीपी अधिकारबारे जनचेतना फैलाउँन विद्यालयको पाठ्यक्रममानै व्यवस्था गर्नु पर्ने सुझाव दिए।

‘सर्वसाधरणमा जनचेता फैलाई प्रतिलीपी अधिकारको दुरुपयोग गर्नेहरुमाथी कारबाहीका लागि उजुरी गर्नेहरुलाई पुरस्कार र अपराधिलाई दण्डको व्यवस्था मिलाउनु पर्छ,' उनले थपे।

उता, सिन्धुली जिल्लाका प्रहरी प्रमुख एस्पी टिकाबहादुर केसीले कानुनको कार्यान्वयन गर्न र अपराधिलाई कानुनी दायरामा ल्याउन प्रहरी प्रशासन हरदम तयार रहेको बताए ।

प्रतिलीपी अधिकार सम्बन्धी ऐन १० प्रतिसतपनि कार्यान्वयन नभएको उल्लेख गर्दै उनले सिन्धुली जिल्लाबाटै यस्तो कानुनको कार्यान्वयनका लागि पहल गर्ने प्रतिवद्धता जनाए।

सहायक प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाले सिन्धुली जिल्लामा कुनैपनि कार्यक्रममा स्रष्टा र सर्जकको सिर्जना प्रस्तुत गरे रोयल्टी तिर्न अनिवाय गरिएको जनाए।

कार्यक्रममा संगित रोयल्टी संकलन समाजका अध्यक्ष तथा बरिष्ठ संगितकार शुरेश अधिकारीले नेपालमा प्रतिलिपी अधिकार सम्बन्धी ऐन कार्यान्वयन भए वार्षिक ३० अर्व रुपैयाँ रोयल्टीमात्र संकलन हुने भएपनि हाल सर्जकहरु एक छाक खान पनि भिक मागरे हिड्नु पर्दा आफुहरुको बौद्धिक सम्पतिको कुनै मोल नभएको दुखेसो गरे।

कार्यक्रममा देशै भर दैनिक ३० हजार बढीले सर्जकहरुको सिर्जना कपी गरेर चोरेर विक्री गर्दै आम्दानी गर्ने गरेको भएपनि रोयल्टी भने एक रुपैयाँ पनि नपाउने गरेको कलाकारहरुको गुनासो थियो।

720x90_1
 
720x90
730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2