MENU

५० किलो गुणस्तरहीन मिठाइ नष्ट

रासस बुधवार, कात्तिक १, २०७४ 884 पटक पढिएको

Share This

635-X-85_1

हेटौँडा: जिल्ला प्रशासन कार्यालय मकवानपुर र हेटौँडा उपमहानगरपालिकाको संयुक्त टोलीले बुधबार हेटौँडा बजारमा रहेका विभिन्न मिठाइ पसलको अनुमगन गरी गुणस्तरहीन ५० किलो मिठाइ नष्ट गरेको छ।

सो अनुगमन टोलीले हेटौँडा वडा नं १, ४ र १० का विभिन्न मिठाइ पसलमा अनुगमन गर्दा मिठाइमा अखाद्य रङ मिसाइएको पाइएकाले उक्त परिणामको मिठाइ नष्ट गरिएको निमित्त प्रजिअ विनोद खड्काले बताए। पसलको सरसफाइ गरी गुणस्तरीय मिठाइ बिक्री वितरण गर्न निर्देशन समेत दिइएको छ।

720x90_1
 
720x90
730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2