MENU

पौडेल अन्नपूर्ण मिडिया नेटवर्कका प्रबन्ध निर्देशक

अन्नपूर्ण सोमवार, कात्तिक ६, २०७४ 8897 पटक पढिएको

Share This

635-X-85_1

 

काठमाडौं : अन्नपूर्ण मिडिया नेटवर्क (एएमएन) को प्रबन्ध निर्देशकका रूपमा लक्ष्मी पौडेल नियुक्त भएका छन् । यसअघि पौडेल एएमएन अन्तर्गतको टेलिभिजन एपीवानका प्रबन्ध निर्देशक थिए । मिडिया गु्रपकै प्रबन्ध निर्देशकका रूपमा उनको जिम्मेवारी थपिएको हो ।

 


त्यसैगरी, अन्नपूर्ण मिडिया नेटवर्क (एएमएन) का सीईओ सञ्जयचन्द्र बस्नेतलाई कर्पोरेट फाइनान्स हेर्ने गरी सिम्रिक गु्रपको भाइस प्रिसिडेन्ट नियुक्त गरिएको छ ।आइतबार तीनकुनेस्थित कार्यालयमा एएमएनका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले पौडेल प्रबन्ध निर्देशक र बस्नेत सिम्रिक गु्रपको भाइस प्रेसिडेन्ट (कर्पोरेट फाइनान्स) नियुक्त भएको घोषणा गरेका थिए ।

Sanjay-Basnet-63

उनले पौडेल र बस्नेतलाई बधाई ज्ञापन गर्दै खादा लगाएर स्वागत गरेका थिए । एएमएनका गु्रप एडिटर विजयकुमारले पनि पौडेल र बस्नेतलाई खादा लगाएर बधाई ज्ञापन गरेका थिए । नया“ जिम्मेवारी पाएपछि एएमएन गु्रपका प्रबन्ध निर्देशक पौडेलले यसलाई चुनौती र अवसरका रूपमा लिएको बताए ।

‘छापा, विद्युतीय सञ्चार टिभी, रेडियो, अनलाइन सबैमार्फत एकीकृत ढंगले सूचना र मनोरञ्जनलाई पाठक, श्रोता र दर्शकसमक्ष प्रभावकारी ढंगले समयमै पु¥याउने उद्देश्य पूरा गर्न दृढतासाथ लाग्नेछु’, उनले भने, ‘यसलाई मैले चुनौतीसँगै अवसरका रूपमा लिएको छु ।’

720x90_1
 
720x90
730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2