MENU

एक महिनामा एक प्रतिशत इन्टरनेट पहुँच बढ्यो

रञ्जनहरि कोइराला शुक्रवार, कात्तिक १०, २०७४ 1658 पटक पढिएको

Share This

635-X-85_1

 काठमाडौं : आठ वर्षअघिको रिपोर्टलाई अध्ययन गर्ने हो भने नेपालमा इन्टरनेटको पहुँच एक प्रतिशत जनसंख्यामा सीमित थियो । नेपाल दूरसञ्चार प्राधिकरणले २०६६ साल साउनमा तयार पारेको प्रतिवेदनका अनुसार उक्त समयमा नेपालको कुल जनसंख्याको १.९ प्रतिशत मानिस इन्टरनेटको पहुँचमा थिए । तर अहिले हरेक महिना एक प्रतिशत हाराहारीले मानिसमा इन्टरनेट पहुँचमा पुग्दै गएको छ ।

 नेपालमा अहिले कुल जनसंख्याको ६१.९९ प्रतिशत मानिस इन्टरनेटको पहुँचमा छन् । अर्थात्, एक करोड ६४ लाख २३ हजारभन्दा बढी मानिस इन्टरनेटसँग जोडिएका छन् । प्राधिकरणले गत साउनमा जारी गरेको प्रतिवेदनलाई दृष्टिगत गर्ने हो भने एक महिनाकै अवधिमा कुल जनसंख्याको करिब एक प्रतिशत मानिस थप इन्टरनेटको पहुँचमा आएका छन् । असारमा जारी भएको प्रतिवेदनसँग तुलना गर्दा ०.९० प्रतिशतले इन्टरनेट पहँुचमा वृद्धि भएको छ । असारमा सार्वजनिक भएको प्रतिवेदनमा कुल जनसंख्याको ६१.०९ प्रतिशत मानिस इन्टरनेट पहुँचमा रहेकोमा साउन महिनामा ६१.९९ प्रतिशत पुगेको छ । यसले नेपालमा पछिल्लो समय इन्टरनेटको बढ्दो प्रयोगलाई दर्साउँछ ।

इन्टरनेट पहुँचमा वृद्धि हुनुको प्रमुख कारण मानिसको हातहातमा पुगेको मोबाइल नै हो । अर्को प्रविधिको विकासले पनि यसलाई ठूलो मद्दत गरेको छ । मोबाइल प्रयोगको कुरा गर्दा टेलिफोन सेवाप्रदायक कम्पनीले प्रदान गरेको टेलिफोन सेवामा वृद्धि भएको पुष्टि गर्छ । नेपालको जनसंख्याभन्दा टेलिफोन प्रयोगकर्ता बढी छन् । प्राधिकरणले गत साउनमा जारी गरेको प्रतिवेदनअनुसार जनसंख्याको अनुपातमा टेलिफोन प्रयोगकर्ता १३६.६९ प्रतिशत छन् । मोबाइल जीएसएम/सीडीएमए सेवा मात्रै पनि जनसंख्याको अनुपातमा १३०.२४ प्रतिशतले सब्स्क्राइबर गरिसकेका छन् । नेपाल टेलिकमको जीएसएम सिम एक करोड ५५ लाख एक हजार सात सय, एनसेलको जीएसएम सिम एक करोड ५८ लाख ८९ हजार र स्मार्ट टेलिकमको जीएसएम सिम १६ लाख २२ हजार पाँच सयभन्दा बढी बिक्री भएको छ ।


नेपालमा जनसंख्याको अनुपातमा टेलिफोन प्रयोगकर्ता १३६.६९ प्रतिशत छन् ।

टेलिफोन प्रयोगकर्ता पनि एक महिनाको समयमा १.२७ प्रतिशतले वृद्धि भएको तथ्यांक छ । असारमा तीन करोड ४१ लाख ७२ हजार सिम तथा टेलिफोन सेवा सब्स्क्राइब भएकोमा साउनमा तीन करोड ६२ लाख १४ हजार छ । असार महिनासम्म जनसंख्याको अनुपातमा १३५.४२ प्रतिशतले फिक्स, मोबाइल, ल्यान्डलाइनलगायत सेवा सब्स्क्राइब गरेका थिए । उक्त समयमा मोबाइल जीएसएम/सीडीएमए सेवा जनसंख्याको तुलनामा १२८.९८ प्रतिशतले सब्स्क्राइब गरेको प्रतिवेदनमा उल्लेख छ ।

720x90_1
 
720x90
730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2