MENU

संसार हल्लाएको आइन्सटाइनको यो सुत्र

635x90_3

केपी चौलागाईं आइतवार, कात्तिक १२, २०७४ 12465 पटक पढिएको

Share This

635-X-85_1

 

सन् १९०५ को सेप्टेम्बर २७ तारिखका दिन जर्मनको भौतिक विज्ञान जर्नल ‘अन्नालेन देर फिजिक’मा एउटा सनसनीपूर्ण लेख प्रकाशित भयो । समय र स्पेस तथा पिण्ड र शक्तिलाई भिन्न मानिरहेको दुनियाँलाई यी तत्वहरू कसरी अन्तरसम्बन्धित हुन्छन् भन्ने अवधारणा नौलो थियो । पिण्ड र शक्ति ई इजकल्टु एमसी स्क्वायर समीकरणले सम्बन्धित हुने, जहाँ शाब्दिक रूपमा ई भनेको शक्ति, एम भनेको पिण्ड र सी भनेको प्रकाशको गति (९३ लाख किलोमिटर प्रतिसेकेन्ड) हो । तथ्यलाई उजागर गर्दै उक्त लेख र त्यसपछिका लेखमार्फत २० औं शताब्दीका महान् वैज्ञानिक अल्बर्ट आइन्सटाइनले सापेक्षतावादको सिद्धान्त प्रतिपादन गरे ।

सम्भवतः संसारकै प्रसिद्ध समीकरण ई इजकल्टु एमसी स्क्वायर बाहिर ल्याउँदा आइन्सटाइन आफैंलाई सो समीकरण सजिलै पुष्टि हुनेमा शंका थियो । झन्डै २७ वर्षपछि सन् १९३२ मा जोन ककरोफ्ट र अर्नेस्ट वाल्टनले लिथियम न्युक्लियसलाई प्रोटोनले ठोकाएर न्युक्लियर प्रतिक्रिया गराउन सफल भए । यस प्रयोगबाट आइन्सटाइनको समीकरण सही छ र सानो परिमाणको पिण्डलाई पनि शक्तिमा परिवर्तन गर्न सकिन्छ भन्ने कुरा पुष्टि भयो । यसको एक वर्षपछि इरेन क्युरी र पे्रmडेरिक जोलिओट क्युरीले शक्तिलाई पिण्डमा परिवर्तन गरेर देखाए ।

 

समय बित्दै जाँदा वैज्ञानिकहरूको ध्यान न्युक्लियर प्रतिक्रियातिर गयो । सूर्य र ताराहरूले न्युक्लियर प्रतिक्रियाबाट नै अत्यधिक शक्ति अनवरत रूपमा उत्पादन गरिरहेको तथ्यलाई आत्मसात् गर्दै न्युक्लियर प्रतिक्रियाबाट शक्ति निकाल्न उनीहरू लागिपरे । यसै क्रममा, दोस्रो विश्व युद्धताका जर्मनले एटम बम बनाउन लागिपरेको हुन सक्छ भन्ने शंकाको आधारमा अमेरिकामा निर्वासन जीवन बिताइरहेका आइन्सटाइनले अमेरिकी तत्कालीन राष्ट्रपति फ्रानक्लिन रुजवेल्टलाई पत्र लेखे । 
तत्पश्चात, ई इजकल्टु एमसी स्क्वायर र क्वान्टम मेकानिक्स तथा न्युक्लियर भौतिक विज्ञानमा भएका उपलब्धिलाई उपयोग गर्दै म्यानह्याटन प्रोजेक्टले, न्युक्लियर फिसन प्रतिक्रियामा आधारित एटम बमको निर्माण गर्यो । बम बनाउने कामको निर्देशन भने रोबर्ट ओपेनहेइमरले गरेका थिए । आइन्सटाइन आफैंले एटम बमको निर्माण नगरे पनि उनलाई एटम बमको निर्माताको रूपमा लिने गरिन्छ ।

यसरी निर्माण गरिएको दुईवटा एटम बमलाई अमेरिकाले दोस्रो विश्वयुद्ध चलिरहेको बेला सन् १९४५ को अगस्ट ६ र ९ तारिखमा जापानको दुई सहर हिरोसिमा र नागासाकीमा खसाल्यो । जसबाट दुई लाख २६ हजारभन्दा बढी मानिस मरे । दुनियाँ स्तब्ध बनाएको यो घटनाको २० वर्षपछि सन् १९६५ को एउटा अन्तर्वार्तामा एटम बम बनाउने कामको निर्देशन गरेका रोबर्ट ओपेनहेइमरले ‘अब म मृत भएको छु, संसार विनाश गर्ने मान्छे’ भन्ने भागवत गीताको कथन सम्झना गरेका थिए । यसबाट उनले के भन्न खोजेका हुन् भन्ने स्पष्ट नभए पनि, उनी आफैं एटम बम बनाएकोमा खुसी थिएनन् भन्ने बुझ्न सकिन्छ ।

दोस्रो विश्वयुद्धपछि आणविक हतियार बनाउने र शक्ति सम्पन्न बन्ने होडबाजी चल्यो पृथ्वीमा । यस दौडमा अमेरिका, रसिया, चीन आणविक हतियार सम्पन्न भइसकेका छन् भने कयौं मुलुक यो बनाउने होडमा छन् । उत्तर कोरिया र अमेरिकाबीच आणविक आक्रमण गर्ने धम्कीको दोहोरी नै चलिरहेको छ आजभोलि । आणविक युद्ध भएमा संसार क्षणभरमै नष्ट हुन सक्छ ।

न्युक्लियर प्रतिक्रियाबाट निस्कने शक्ति आफैंमा अभिशाप होइन । एक किलोग्राम युरेनियमबाट एक करोड घरलाई लगभग तीन वर्षलाई पुग्ने बिजुली निकाल्न सकिन्छ । कार्बनरहित न्युक्लियर ऊर्जालाई प्रयोग गर्न सके मानव जीवन सहज बनाउन सकिन्छ । यसबाट निस्किने अत्यधिक शक्तिलाई प्रयोग गर्दै कयौं राष्ट्र विकासको चुचुरोमा पुगिसकेका छन् ।

यसरी, पिण्डलाई शक्तिमा परिवर्तन गर्न र पदार्थको संरचना बुझ्न कोसेढुंगाको काम गरेकोले ई इजकल्टु एमसी स्क्वायर यस शताब्दीकै प्रसिद्ध समीकरणको रूपमा स्थापित छ ।

720x90_1
 
720x90
730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2