MENU

‘नेपाली वर्ण विन्यास' आयो

635x90_3

अन्नपूर्ण बुधवार, कात्तिक १५, २०७४ 1134 पटक पढिएको

Share This

635-X-85_1

काठमाडौं : नेपाली भाषामा अनेक तर्क आइरहेकै बेला प्राध्यापक डा. खगेन्द्रप्रसाद लुइँटेलले ‘नेपाली वर्ण विन्यास ः नियम, समस्या र समाधान' पाठकसामु ल्याएका छन् ।

 

केही व्यक्ति र सरकारी निकायबाटै मानक नेपाली भाषाको स्वरूपलाई बिगारेर भाँडभैलो मच्चाउन सुरु गरिएको भन्दै उनले त्यस्ता दुष्कार्यप्रति असहमति जनाउँदै मानक नेपाली भाषालाई केन्द्रबिन्दुमा राखेर कृति निकालिएको जानकारी दिए । कृति आठराई पब्लिकेसनले बजारमा ल्याएको हो ।

कृतिमा नेपाली भाषाको विकास प्रक्रिया, ध्वनि-वर्ण र अक्षरको परिचय, नेपाली वर्णविन्याससम्बन्धी नियम, चन्द्रबिन्दु-शिरबिन्दु र पञ्चम वर्णको प्रयोगसम्बन्धी नियम, अजन्त-हलन्त र संयुक्त वर्णको प्रयोगसम्बन्धी नियम, पदयोग र पदवियोगसम्बन्धी नियम, भाषाको अशुद्ध प्रयोग र समस्याको पहिचान र समाधानका उपायसमेत समेटिएका छन् । ‘यतिबेला नेपाली भाषाको वर्णविन्यासलाई घोषणापत्र र परिपत्रका माध्यमबाट विशेष चर्चाको विषय बनाइएको छ', लेखक लुइँटेलले भने ।

720x90_1
 
720x90
730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2