MENU

फिल्म साउथ एसियामा ६३ डकुमेन्ट्री

635x90_3

अन्नपूर्ण बिहीबार, कात्तिक १६, २०७४ 371 पटक पढिएको

Share This

635-X-85_1

काठमाडौं : फिल्म साउथ एसियाको एघारौं संस्करण बिहीबारदेखि ललितपुरको यलमाया केन्द्रमा सुरु हुँदैछ । चार दिनसम्म चल्ने डकुमेन्ट्री तथा चलचित्रहरूको मेलामा तीन सयबाट छानिएर आएका ६३ डकुमेन्ट्री प्रदर्शन गरिने भएको छ । तीमध्ये ४५ वटाले पाँच विधाको अवार्डका लागि प्रतिस्पर्धा गर्नेछन् ।

 

प्रथम हुनेले ‘रामबहादुर थापा’ ट्रफीसहित दुई हजार अमेरिकी डलर पुरस्कार प्राप्त गर्नेछ भने दोस्रो हुनेले एक हजार अमेरिकी डलर पाउनेछ । त्यसैगरी तारक मसुद बेस्ट फिल्म अवार्ड जित्नेले एक हजार डलर, बालबालिकाको विषयमा निर्माण भएर युनिसेफ अवार्ड जित्नेले एक हजार डलर र बेस्ट स्टुडेन्ट फिल्म अवार्ड जित्नेले पाँच सय अमेरिकी डलर पुरस्कार पाउनेछ ।

आयोजकले यसलाई ‘सबै फिल्मप्रेमीहरूका लागि यस क्षेत्रमा बनेका डकुमेन्ट्रीको स्वाद लिने अवसर’ भनेको छ । पहिलो दिन भारतका प्रसिद्ध फिल्ममेकर तपन बोसको फिल्म ‘द एक्सपेन्डेबल पिपल’ देखाइँदैछ । यो फिल्म प्रदर्शनपछि बोसस“ग चलचित्र समीक्षक समाजले अन्तरसंवाद पनि गर्ने भएको छ । महोत्सवको जुरीमा फरजाद नाबी, राज श्री दासगुप्ता र कुन्द दीक्षित रहेका छन् । 

720x90_1
 
720x90
730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2