MENU

प्यासनबाट व्यवसाय: गगन प्रधान

635x90_3

अन्नपूर्ण शुक्रवार, कात्तिक १७, २०७४ 1147 पटक पढिएको

Share This

635-X-85_1

सन् २००० मा काठमाडौंको कमलादीमा ‘हिमालयन जाभा' क्याफे खोलेर नेपालमै कफीको संस्कृति भित्र्याएका गगन प्रधानसँगको कुराकानीः

१. कफीसँग प्रेम कसरी भयो ?
सन् १९९९ सम्म अस्ट्रेलियामा थिएँ। त्यहाँ पूरै समय पढाइमा दिन्थेँ। साथसाथै काम पनि गर्थें। पढाइ र कामको चापमा खाना खान भ्याइँदैनथ्यो। क्लासमा ननिदाउनका लागि कफी खान्थेँ । भोक मेटाउन चकलेट खान्थेँ। त्यहीँबाट कफीसँग प्रेम बस्यो।

२. कफी बिजनेसको विचार कसरी आयो ?
सन् १९९९ को सेप्टेम्बरमा अस्ट्रेलियाबाट होटेल म्यानेजमेन्टको पढाइ सकेर काठमाडौं आएपछि एउटा पाँचतारे होटेलमा काम गर्न थालेँ । त्यहाँको व्यवस्थापनसँग चित्त नबुझेपछि एक हप्तामै काम छोडेँ। म आफ्नै लगानीमा केही गर्न चाहन्थेँ, त्यसैले नेपाली बजारमा के छैन भनेर खोज्न थालेँ । थाहा पाएँ, नेपालमा त एउटा पनि क्याफे नै छैन। कफीको नाममा मानिसहरू नेसक्याफेजस्ता इन्स्ट्यान्ट कफी दूधचिनी वा चिनीमा मात्रै पकाएर खाइरहेछन् । कफीप्रति मेरो प्यासन पनि थियो । त्यसैले कफीलाई नै व्यवसाय बनाउने सोचेँ । कफी बनाउने तालिम लिन अमेरिका गएँ । त्यहीँबाट कफी मेसिन लिएर आएँ ।

३. त्यतिबेला कफीको दाना पाउन पनि गाह्रो थियो होला नि?
नेपालमा कफी खेती त हुन्थ्यो। तर, कहाँ हुन्थ्यो भन्ने ठ्याक्कै थाहा थिएन । २५÷३० टन उत्पादन हुन्छ भनिन्थ्यो । नेपाली कफीलाई नै प्रवद्र्धन गर्ने उद्देश्य हो मेरो । सुरुदेखि आजसम्म म नेपाली कफीकै प्रवद्र्धनमा समर्पित छु। आज पनि तपाईं नेपाली क्याफेहरूमा वा हाम्रा क्याफेमा डिक्याफ कफी (क्याफिन निकालिएको कफी) पाउनुहुन्न किनकि अहिलेसम्म पनि हामी नेपालमै क्याफिन निकाल्ने प्रविधि भित्रयाउन सकिरहेका छैनौं । अर्को वर्षदेखि हामी डिक्याफ कफी पनि उपलब्ध गराउनेछौं।

४. सुरुमा त स्थापित हुनै कठिन भयो होला नि ?
भयो नि ! सुरुमा नामले नै कन्फ्युज बनायो मानिसलाई । जाभा भनेको कफी नै हो । त्यसैले हामीले हिमालयन जाभा नाम दियौं । तर, मानिसले जाभा भन्नासाथ कम्प्युटर साइन्ससँग सम्बन्धित बुझे । सुरुसुरुमा कति त कम्प्युटर इन्स्टिच्युट ठानेर आउँथे । त्यस्तै क्याफेको डेकोरेसन आम चल्तीको चियापसलभन्दा फरक थियो । बैठक कक्षकै स्वरूप दिएका थियौं । त्यो देखेर कतिले फर्निचर पसल भन्ठान्थे । खासमा मानिसमा कफीको पनि व्यवसाय हुन सक्छ भन्ने चेत नै थिएन ।

५. कफी पारखी पनि कम थिए होलान् कसरी बढाउनुभयो ?
सुरुमा क्याफेमा आउनेहरू प्रायः नेपालमा बस्ने विदेशी हुन्थे। साह्रै थोरै मात्रामा बाहिर गएर आएका नेपाली आउँथे । हामीले त्यस्तो विज्ञापन केही गरेनौं । मुखमुखै प्रचार भयो । त्यसमा धेरै ठूलो भूमिका विदेशमा काम गर्ने नेपालीले खेले । उनीहरूले बिदामा यहाँ आएको बेला परिवार, साथीसँगी लिएर आउन थाले । बिस्तारै कफी सबैलाई मन पर्न थाल्यो।

६. तपाईंहरूले कफी बनाउने तालिम ‘बरिस्टा ट्रेनिङ' पनि सुरु गर्नुभयो । के कारणले सुरु गर्नुभएको हो?
सन् २००८ मा अस्ट्रेलिया जाँदा मैले देखेँ, त्यहाँ गएका धेरै भाइबहिनी काम नपाएर हैरान छन् । मलाई लाग्यो, देशमै केही सीप सिकेर गएको भए सजिलैसँग काम पाउनेथिए । त्यसैले काठमाडौं आएर बरिस्टा तालिम सुरु गरेँ । सन् २०११ देखि बरिस्टा ट्रेनिङ सञ्चालन गरेका छौं । हाम्रो ट्रेनिङ सेन्टरबाट तीन थरीले लाभ लिन्छन्ः हाम्रै क्याफेका कर्मचारी, कफी मेसिन किन्ने ग्राहक र बरिस्टा बन्न चाहनेहरू।

७. अहिले धमाधम क्याफेहरू खुलिरहेछन्, कसरी हेर्नुभएको छ?
क्याफेहरू खुलेको देख्दा खुसी लाग्छ तर बन्द हुँदा दुःख लाग्छ। खुल्नु राम्रो हो। तर, हामीमा जे पनि नक्कल गर्ने बानी छ। कसैले गरेको व्यवसाय सफल भएको देख्नासाथ त्यही गर्न थाल्छौं। यसले गर्दा नोक्सान सहनुपर्ने हुन्छ। क्याफेमा पनि त्यही भएको छ। क्याफे खोल्नुभन्दा पहिला त्यहाँ कत्तिको माग छ, बजार कस्तो छ आदिबारे राम्रोसँग जाँचबुझ गर्नुपर्छ ।

720x90_1
 
720x90
730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2