MENU

स्वतन्त्र क्याटलानका अगुवा नेताविरुद्ध पक्राउ आदेश

635x90_3

एजेन्सी शनिवार, कात्तिक १८, २०७४ 730 पटक पढिएको

Share This

635-X-85_1

स्पेनले बर्खासीमा परेका क्याटलान नेता कारलस पुज्डमोन र उनका चारजना पूर्व मन्त्रीहरुविरुद्ध अन्तर्राष्ट्रिय पक्राउ आदेश जारी गरेको छ। बिहीवार मड्रिडस्थित उच्च अदालतमा उपस्थित नभएपछि एकजना न्यायाधीशले उनीहरुविरुद्ध पक्राउ आदेश जारी गरेको वीवीसीले जनाएको छ। 

 

क्षेत्रीय सरकारका ९ जना पूर्व सदस्यहरुलाई चाहिँ न्यायिक हिरासतमा लगिएकोमा एकजना ५० हजार युरो तिरेर जमानतमा रिहा भएका छन्। उनीहरुमाथि क्याटलोनियाको स्वतन्त्रताका लागि विद्रोह, देशद्रोह र राज्यकोषको दुरुपयोग गरेको आरोप लगाइएको छ।

बेल्जियमका अभियोजनकर्ताहरुले स्पेनबाट जारी गरिएको पक्राउ पूर्जी आफूहरुले प्राप्त गरेको बताएका छन्। न्यायाधीशहरुलाई अनुसन्धान प्रक्रिया अघि बढाउन दिनुअघि आफूहरुले ती कागजातको अध्ययन गर्ने अभियोजनकर्ताहरुले उल्लेख गरेका छन्।

स्पेनले विद्रोह र देशद्रोहको मुद्दा चलाउने बताएपछि बर्खास्त गरिएका क्याटलान नेताहरु गत हप्ता बेल्जियम पुगेका थिए। बर्खास्त गरिएका क्याटलान पूर्व राष्ट्रपति पुज्डमोनले निष्पक्ष सुनुवाइको सुननिश्चितता नभएसम्म स्वदेश नफर्किने बताउँदै आएका छन्।

720x90_1
 
720x90
730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2