MENU

'ट्रम्पको चीन भ्रमण महत्वपूर्ण बनाउँछौं'

एजेन्सी शनिवार, कात्तिक १८, २०७४ 1982 पटक पढिएको

Share This

635-X-85_1

बेइजिङ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अर्को हप्ता हुन लागेको चीन भ्रमण महत्वपूर्ण हुने चिनियाँ अधिकारीहरुको बताएकमा छन् । उनीहरुले अहिलेको अवस्थामा हुने चीन भ्रमणले विश्वव्यापी रुपमा विकसित आर्थिक एजेण्डाका साथै राजनीतिक विषयहरुमा पनि विशेष अर्थ राख्ने जनाएका छन् । राष्ट्रपति ट्रम्पले आगामी हप्ता चीन भ्रमण गर्ने तय भएको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङको औपचारिक निमन्त्रणामा उनी चीन भ्रमणमा आउन लागेका हुन् ।

 

राष्ट्रपति डोनाल्ड ट्रम्प यही नोभेम्बर ८ देखि १० सम्म तीन दिन चीनको राजकीय भ्रमणका लागि बेइजिङ पुग्ने चिनियाँ विदेश मन्त्रालयले जनाएको हो । शुक्रबार साँझ बेइजिङमा आयोजित पत्रकार सम्मेलनमा चीनका उपविदेशमन्त्री चेङ चेजुङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भ्रमण आफैमा महत्वपूर्ण भएको बताउदै उहाँहरुबीच हुने द्धिपक्षीय वार्ताले चीन-अमेरिका सम्बन्धमा विशेष महत्व थप्ने जानकारी दिए । पत्रकार सम्मेलनमा उनले भने 'यो भ्रमणले दुई देशबीचको अगामी दिनको सम्बन्धलाई थप सुदृढ बनाउने र क्षेत्रीय एवम् कैयौं विश्व मामिलाहरुमा साझा धारणाको विकास गर्नका लागि मद्दत पुग्ने छ ।'

उपविदेशमन्त्री चेङले अमेरिकी राष्ट्रपति ट्रम्पको चीनको भ्रमणलाई सफल र भव्य बनाउन चीनले विशेष तयारी गरिरहेको जानकारी पनि सो पत्रकार सम्मेलन दिए । उक्त भ्रमणमा औपचारिक कार्यक्रम र वार्ताहरुका अतिरिक्त विभिन्न अनौपचारिक अन्तरक्रिया र अवलोकन एवम् भ्रमणका कार्यक्रमहरु पनि राखिएको समाचारमा जनाइएको छ ।

द्धिपक्षीय लगानी र व्यापारका विषयमा सो भ्रमणका अवसरमा आवश्यक मात्रामा छलफल हुनेछ । सो भ्रमणका क्रममा व्यापार अभिबृद्धि गरी यसको सन्तुलन कायम राख्ने तथा लगानीका नयाँ-नयाँ क्षेत्रको पहिचान र कार्यान्वयनका बारेमा पनि छलफल हुने हुने चेङले बताए ।

कोरियाली प्रायद्धीपमा शान्ति स्थापनाका लागि चीनले राष्ट्रसंघीय कानून र मान्यताबमोजिम काम गरिरहेको जानकारी दिँदै यदि यस विषयमा सो भ्रमणका क्रममा कुरा उठ्यो भने आगामी दिनमा वार्ता र शान्तिपूर्ण तरिकाबाटै यसको समाधान गर्नुपर्छ भन्ने पक्षमा चीन रहेको पनि उपविदेशमन्त्री चेङले बताए । 
(रासस/सिन्ह्वा)

720x90_1
 
720x90
730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2