MENU

अमेरिकामा हतियार भन्दा मानसिक स्वास्थ्य प्रमुख समस्या हो: ट्रम्प

635x90_3

एजेन्सी सोमवार, कात्तिक २०, २०७४ 2253 पटक पढिएको

Share This

635-X-85_1

टोकियोः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा हतियार समस्या नभएको बताएका छन्। टेक्सासमा आइतबार बिहान २६ जनाको ज्यान जाने गरी भएको गोलीकाण्डपछि प्रतिक्रिया दिँदै उनले सो कुरा बताएका हुन्। उनले भने– यो गोलीकाण्डमा हतियारको समस्या होइन अमेरिकी नागरिकमा रहेको मानसिक स्वास्थ्य प्रमुख समस्या हो।

हाम्रो देशमा मानसिक स्वास्थ्यको ठूलो समस्या छ, यस्तो गोलीकाण्डमा पनि हतियार होइन कि मानसिक स्वास्थ्य प्रमुख समस्या हो।

उनले मानसिक रोगीहरुले नै अमेरिकामा गोली चलाउने र सर्वसाधारणको हत्या गर्ने गरेको बताए। यसअघि पनि उनले हतियारमात्र अमेरिकाको समस्या हो भन्नु गलत हुने धारणा राखेका थिए।

 

720x90_1
 
720x90
730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2