MENU

लोकबाजाका संरक्षक हार्ताम्छाली

635x90_3

नितु घले मंगलवार, कात्तिक २१, २०७४ 1174 पटक पढिएको

Share This

635-X-85_1

 

काठमाडौं : एउटा सानो मालिंगोको छेस्कोको दुबैतिर धागो जोडेकाछन । त्यो छेस्कोलाइ ओठले च्याप्छन् । दुबैतिर जोडीएका धागोलाइ झड्काएलेर नाकले भम्पिगं दिदैँ जिब्रो तलमाथि गरेर मिठो धुन निकाल्छन् । ती मिठो धुन निकाल्ने कलाकार हुन् ‘कलागं’ नारादमुनि हार्ताम्छाली, नेपाल प्रज्ञा परिषदका प्राज्ञ परिषद सदस्य, । र त्यो छेस्को (बाजा) को नाम ‘बिनायो’ ।

हार्ताम्छालीले भने,यी बाजा हेर्दा सामान्य देखिन्छ तर यसले दिने धुन मिठो हुन्छ । यसबाट भालेपोथी दुबै आवाज निकाल्न सकिन्छ । जसलाइ संगितको भाषामा ‘सुरप्रधान’ र ‘तालप्रधान’ भनिन्छ । डम्फु, डमरु जस्ता लोकबाजाबाट भालेलय निकाल्न सकिन्छ । हार्मोनीयम,मुरली, सारंगी बाँसुरीबाट पोथीलय निकाल्न सकिन्छ । तर मादल,बिनायोबाट सुर र ताल दुबै लय बजाउन सकिन्छ । उनले बिनायोबाट सुर र ताल दुबै बजाए ।

बिनायो विश्वको अनौठो बाजाको रुपमा चिनिन्छ । संसारका कुनै स्थान जहाँ जनजातीहरुको बसोबास रहेको हुन्छ त्यहाँ यस्ता लोकबाजा बजाइन्छ । तर नेपालको बिनायो अरु भन्दा फरक खालको छ ,उनले भने।

 

बिनायो जस्तै ‘मुर्चुंगा’ अर्को लोकबाजा हो । धातुबाट बनाइएको यो सानो बाजा पहिलाका मानिसहरुले केवल मनोरन्जनको लागी प्रयोग गर्ने गर्थे । उनले भने, ‘पैसा नपर्ने, केटाकेटीलाइ मनोरन्जन गराउने बाजाको रुपमा हेरिन्थ्यो यसलाइ ।’ तर यो बाजामा भएको मिठास, सुमधुर धुनको बयान गरि साध्य छैन । मुचुंगा र बिनायो जस्तै ‘चरीबाजा’ को पनि संरक्षण गरिरहेकाछन् उनले । उनी आफैले प्रतिपादन गरेकाहुन् चरीबाजा । तीनवटा ससाना बाँसलाइ मिलाएर बनाएको यो बाजाले पनि उतिकै मिठो धुन दिन्छ ।

हार्ताम्छालीको अनुसार,मनपरेको पे्रयसीलाइ बिनायो बनाएर उपहार दिने चलन थियो बाउबाजेको पालामा । कामबाट फर्किदा चौतारीमा बसेर थकाइ मार्दै बिनायो, मुचुंगा बजाउने र रमाइलो गर्ने गरिन्थ्यो । यी बाजाहरुले किराँत संस्कृतिलाइ प्रतिबिम्बीत गर्छन । चौध शताब्दी भन्दा पहिला जतिबेला फलामे युगको सुरुवात भएको थिएन । त्यतिबेला जंगलमा सिकार गर्न जाँदा, यस्ता खालका बाजा बजाएर चराको जस्तै आवाज निकालिन्थ्यो । जंगलमा घाँसदाउरा खोज्न जाँदा आफनो साथीहरु कहाँछन् भनेर पात बजाउने गरिन्थ्यो । यसलाइ लिखित भाषा भन्दा पहिलाको सांकेतिक भाषा भन्न रुचाउँछन् उनी ।

२०१४ सालमा भोजपुरको देउरालीमा जन्मिएका हार्ताम्छाली बाल्यकालदेखी यी परम्परागत पुर्वेली बाजामा ध्यान दिन्थे । बाल्यकालदेखि नै यस्ता लोकबाजाहरुमा रुची राख्दै आएका उनले यी बाजाहरु संस्कृतिसँग जोडीएको रहेछ भन्ने थाहा पाएदेखी यसैको अनुसन्धान र खोजमा लागेको बताए । ‘कलागं’ नामको गिती संग्रहमा उनले बिनायो, मुचुंगा, चरीबाजा समेटेकाछन् र पात बजाएकाछन्।

ललितकला मार्फत चित्र र मुर्तिकला विधामा स्नातक गरेका उनले पुर्वमा रहेका लोकभाकाहरुलाइ खोज गरीरहेकाछन्, उनले भने,‘यस्ता लोकभाकाहरु हामीलाइ सामान्य लागे पनि विश्वको लागी नयाँ हुँदोरहेछ । हामीले यसको महत्व बुझेकै छैनौ ।’उनले यलम्बर, टुम्सी, ट्याकट्याके, स्याक्रागं जस्ता बाजाहरुको खोज गरीरहेको बताए । जुन बाजाहरु परम्परा र संस्कृतिसँग जोडिएकाछन् ।

जापानीज कलाकार र तबलामा पीएचडी गर्दैगरेका जर्मनी नागरीकले उनका यी लोकबाजाहरुको बारेमा थप जान्न चाहेपछी आफु यसैमा लाग्न झनै उत्साहीत भएको बताए । नेपाली लोकभाका बाहेक अन्य सबै आयातीत भाका भएको र लोकभाका र लोकबाजाहरुको सम्बन्ध अन्र्तनिहित रहेको बताए । ‘नजिकको तीर्थ हेला’ भनेजस्तै हामीले विश्वमा दुर्लभ रहेका आफनै लोकभाका र लोकसंस्कृतिलाइ हेला त गरिरहेका छैनौ? उनको प्रश्न यहि छ ।

720x90_1
 
720x90
730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2