MENU

तीन दिने भ्रमणका लागि चीन आइपुगे ट्रम्प

635x90_3

एजेन्सी बुधवार, कात्तिक २२, २०७४ 3818 पटक पढिएको

Share This

635-X-85_1

बेइजिङ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तीनदिने भ्रमणका लागि चीन आइपुगेका छन्। दक्षिण कोरियाबाट बुधबार दिउँसो चीन पुगेका ट्रम्पलाई चिनियाँ स्टेट काउन्सिलर याङ जेएचीले बेइजिङ अन्तराष्ट्रिय एयरपोर्टमा स्वागत गरे।

गत जनवरीमा अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएपछि पहिलो पटक चीन भ्रमणमा आएका ट्रम्पले । चिनियाँ कम्युनिष्ट पार्टीको १९ औं कंग्रेसबाट सी चिनफिङ पहिलो दोस्रो चीनको राष्ट्रपति निर्वाचित भएपछि पहिलो पटक सीलाई भेट्दै छन्।

ट्रम्पको चीन अवतरण(भिडियो)

दुई हप्तामात् अघि चीनमा सम्पन्न चिनियाँ कम्युनिष्ट पार्टीको १९ औँ महाधिवेशनपछि चीन भ्रमण गर्ने राष्ट्रपति ट्रम्प नै पहिलो विदेशी राष्ट्र प्रमुख हुन्।

दुई राष्ट्र प्रमुखको भेटमा उत्तर कोरियाको आणविक हतियारको मुद्दा, लगायत दुई देशका सरोकारका विषयमा मह्त्वपूर्ण छलफल हुने चिनियाँ अधिकारीले बताएका छन् ।

गत आइतबार जापानबाट एसिया भ्रमण सुरु गरेका ट्रम्प जापानबाट मंगलबार दक्षिण कोरिया गएका थिए । एसियाका विभिन्न पाँच देशको १२ दिने औपचारिक भ्रमण गर्ने ट्रम्पको योजना रहेको छ। रासस/सिन्हवा

720x90_1
 
720x90
730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2