MENU

उत्तर कोरियाको मुद्धा समाधानको उपाय सोच्न ट्रम्पको चीनलाई आग्रह

635x90_3

एजेन्सी बिहीबार, कात्तिक २३, २०७४ 1748 पटक पढिएको

Share This

635-X-85_1

बेइजिङ: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाको समस्या चाँडै समाधान गर्ने उपायका लागि चीनलाई आग्रह गरेका छन्।

हाल चीनको भ्रमणमा बेइजिङमा रहनुभएका उहाँले चिनियाँ राष्ट्रपति सि जिनपिङलाई सो अग्रह गरे।

उनले भने– चीनले उत्तर कोरियाको समस्या समाधानका लागि जतिसक्दो चाँडै अग्रसरता लिओस र कडा मेहनेतका साथ काम गरोस भन्ने अमेरिका चाहन्छ।

उनले समय छिटो छिटो अघि बढिरहेको छ तर उत्तर कोरिया भने आणविक सङ्कट झन चर्काउँदै छ, त्यसैले समाधानको बाटो पनि चाँडै खोजिनुपर्दछ।

चिनियाँ राजधानी बेइजिङमा चीनका व्यापारिक प्रतिनिधिमण्डललाई सम्बोधनगर्दै उनले चीनलाई सो आग्रह गरे। उनी बुधबार चीन पुगेका हुन्।

720x90_1
 
720x90
730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2