MENU

आत्मघाती बम हमलामा चारको मृत्यु

635x90_3

एजेन्सी बिहीबार, कात्तिक २३, २०७४ 288 पटक पढिएको

Share This

635-X-85_1

अफगानिस्तान: अफगानिस्तानको उत्तरी प्रान्त बाल्खको मजार ई सरिफ सहरमा अवस्थित एक होटेलमा बिहीबार भएको एक बम विस्फोटनमा परी कम्तीमा चार जनाको मृत्यु भएको छ।

स्थानीय समयाअनुसार बिहीबार बिहान ७ बजे आक्रमण भएको जनाइएको छ। आक्रमणमा परी अन्य दुई जना घाइते भएको नाम नबताउने शर्तमा सुरक्षा अधिकारीहरुले जानकारी दिएका छन्।

हामीलाई प्राप्त जानकारी अनुसार एक जना आक्रमणकारी र अरु तीन जना सर्वसाधारणको मृत्यु भएको छ, दुई जना घाइते भएका छन्, ती अधिकारीले भने।

उनले त्यस बाहेक अरु विस्तृत विवरण आउन बाँकी रहेको र थप विवरणको खोजीमा सेना र प्रहरीको संयुक्त टोली लागेको स्थानीय सञ्चारलाई जानकारी दिएका छन्।

720x90_1
 
720x90
730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2