MENU

विदेशी रेस्लरहरु नेपालमा

अन्नपूर्ण बुधवार, कात्तिक २२, २०७४ 853 पटक पढिएको

Share This

635-X-85_1

भारतीय रेस्लर “द मास्क म्यान” को नेपाल आगमन ले १/२ दिन यता नेपाली सामाजिक सन्जालमा ठुलो हलचल मच्चिरहेका बेला प्रो रेस्लिङ गमेर नाम गरेका अमेरिकन खेलाडी नेपाल आएका छन्।

उनलाई स्वागत गर्न नेपाली खेलाडी नुवाकोटे टाइगरलगायत रेस्लिङ संघका पदाधिकारीहरु पनि पुगेका थिए। अमेरिकन खेलाडी प्रो रेस्लिङ गमेरले नेपाली खेलाडी नुवाकोटे टाइगरलाई अचानक हातपात गरे र त्यहाँको स्थिति तनावग्रस्त बन्यो। नुवाकोटे टाइगरले आफूले पाहुना माथि अनुचिचत व्यवहार नगर्ने तर रिङमा भने बदला लिने बताए।

दुई जनाको भीडन्त साम्य पार्न रेस्लर संघका पदाधिकारीहरुलाई हम्मेहम्मे नै भयो। ” द मास्क म्यान्प्रो रेस्लिङ गमेर ” लगायत अन्य ८ जना महिला तथा पुरुष रेस्लरहरु नेपाली रेस्लरहरुसँग भीड्न नेपाल आएका छन्। अझै ६ जना पाहुना रेस्लरहरु यही शुक्रबारसम्म आइपुग्ने रेस्लिङ संघका अध्यक्ष सुनिता थापा बताइन्।

आउँदो २५ गते दशरथ रङ्गशालामा हुने दोश्रो अन्र्तराष्ट्रिय रिङ्ग रेस्लिङ टुर्नामेन्ट निकै रोमान्चक हुने अध्यक्ष थापाले बताईन्।

720x90_1
 
720x90
730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2