MENU

पाकिस्तानमा बस दुर्घटना, २२ को मृत्यु

635x90_3

एजेन्सी बिहीबार, कात्तिक २३, २०७४ 1301 पटक पढिएको

Share This

635-X-85_1

इस्लामाबादः पाकिस्तानको एट्टोक जिल्लामा भएको बस दुर्घटनामा परी कम्तीमा २२ जनाको मृत्यु भएको छ।

बस सडकबाट खाल्डोमा खसेका कारण २२ को ज्यान गएको र अन्य ५१ जना यात्रु घाइते भएको प्रहरी अधिकारीले जानकारी दिएका छन्।

पञ्जाव प्रान्तको एट्टोक जिल्ला अन्तर्गत पर्ने धोक पठान क्षेत्रमा स्थानीय समय अनुसार राती १० बजेतिर दुर्घटना भएको प्रहरीको भनाई छ।

स्थानीय बासीन्दा, प्रहरी र उद्धारकर्ताहरुले घाइतेहरुलाई अस्पताल पुर्याएका छन् भने दुर्घटनास्थलबाट शवहरु बाहिर निकालेका छन्। मृतकमध्ये १८ जनाको घटनास्थलमै मृत्यु भएको थियो।

अहिले पनि केही घाइतेहरुको अवस्था गम्भीर रहेकाले मृत्यु हुनेहरुको संख्या बढ्न सक्ने अस्पतालका अधिकारीहरुले बताएका छन्।

प्रान्तीय राजधानी लाहोरमा हुन लागेको धार्मिक सभामा सहभागी हुन एउटै बसमा ८२ जना यात्रु जादै गरेका थिए।

बसमा धेरै यात्रु र तिब्र गतिका कारण बस चालकले नियन्त्रण गुमाएपछि दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पत्ता लगाएको छ।

720x90_1
 
720x90
730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2