MENU

अमेरिकी कम्पनीले हात पारे चीनमा अर्बौंको सम्झौता

एजेन्सी शुक्रवार, कात्तिक २४, २०७४ 8800 पटक पढिएको

Share This

635-X-85_1

बेइजिङ : अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिका र चीनबीच पछिल्लो समय विकसित मित्रताको प्रशंसा गरेका छन् ।अमेरिकी राष्ट्रपति तथा प्रथम महिला मेलानिया ट्रम्पको सम्मानमा बेइजिङस्थित ग्रेट हल अफ द पिपुलमा आयोजित भोजमा सहभागी ट्रम्पले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग ‘टोस्ट’ गर्दै भने, ‘दुई देशको सम्बन्ध भविष्यमा अझ सुदृढ हुनेछ ।’

राष्ट्रपति ट्रम्प र प्रथम महिला मेलानिया ट्रम्प चिनियाँ परम्परागत सामग्रीले सजाइएको सुनौलो कक्षमा आयोजित भोजमा निकै प्रशन्न देखिएका थिए । भोजको पृष्ठभूमिमा गएको फेब्रुअरीमा अमेरिकाको फ्लोरिडामा ट्रम्पले चिनियाँ राष्ट्रपतिलाई दिएको सम्मानको भिडियो प्रदर्शन गरिएको थियो ।

त्यसैगरी चिनियाँ राष्ट्रपति सिले पनि ट्रम्पसँग टोस्ट गर्दै चीन–अमेरिका सम्बन्ध दिनप्रतिदिन सुदृढ हुँदै गएको बताए । सिले दुवै देशले ‘सीमित चुनौती र विकासका अनन्त सम्भावना’ सामना गरिरहेका बताए ।

चीनसँगको व्यापार सन्तुलित बनाउने दोहोर्‍याउँदै आए पनि भोजमा दिएको अभिव्यक्तिबाट उनले यसमा सफलता हात पार्न नसकेको अनुमान गरिएको छ । चीनसँगको व्यापारमा अमेरिकाले बेहोर्दै आएको ठूलो घाटाको आक्रोश मत्थर पार्न चीनले केही अमेरिकी कम्पनीसँग अढाई सय अर्बको व्यापार सम्झौता गरेको छ ।

व्यापारमा अमेरिकाले बेहोर्दै आएको ठूलो घाटाको आक्रोश मत्थर पार्न चीनले केही अमेरिकी कम्पनीसँग अढाई सय अर्बको व्यापार सम्झौता गरेको छ ।

अमेरिकी हवाईजहाज निर्माता कम्पनी बोइङ, जनरल इलेक्ट्रिक कम्पनी र चिप निर्माता कम्पनी क्वालकमले बेइजिङमा अर्बौंको सम्झौतामा हस्ताक्षर गर्दा ट्रम्प र सि दुवै जना उपस्थिति थियो ।
सम्झौतापछि पनि ट्रम्पको भ्रमण दलका सदस्यले व्यापार घाटाबारे सिकायत गरिरहेका छन् । उनीहरू चीनको बजारमा अमेरिकी कम्पनीको सहज प्रवेश, साइबर सुरक्षा र विदेशी कम्पनीमा चिनियाँ कम्युनिस्ट पार्टीको बढ्दो उपस्थिति (लगानी) बारे आफ्नो चासो चीनले सम्बोधन गरोस् भन्ने चाहन्छन्।

त्यसैगरी अमेरिकी सामाजिक सञ्जाल कम्पनी फेसबुक इन्कर्पोरेसन र गुगल दुवै चीनमा प्रतिबन्धित छन् भने हलिउडमा निर्मित फिल्मले पनि चीनमा सहज प्रदर्शन गर्न पाउँदैनन् । हलिउडका फिल्म चीनमा प्रदर्शन गर्न कोटा तोकिएको छ ।तर केही ठूला सम्झौता भने भएका छन् ।

तीमध्ये चीनको चाइना एनर्जी इन्भेस्टमेन्ट कर्पोरेसनले पश्चिम भर्जिनियामा २० वर्षभित्र ग्यास उत्खनन् र रसायन उत्पादनका लागि ८३ अर्ब ७० करोड अमेरिकी डलर लगानी गर्नेछ ।क्वालकम र चिनियाँ कम्पनीहरू साओमी, ओप्पो तथा भिभोबीच १२ अर्ब अमेरिकी डलर बराबरको सम्झौता भएको छ । बोइङले चीनको सरकारी हवाईजहाज कम्पनी चाइना एभिएसन सप्लायर्स होल्डिङलाई ३७ अर्ब अमेरिकी डलर बराबरका ३ सय बोइङ जेट हवाईजहाज बेच्ने सम्झौता गरेको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पले व्यापार सम्झौता दुवै देशका लागि फाइदाजनक बनाएरै छाड्ने दृढता व्यक्त गरिरहँदा चिनियाँ राष्ट्रपति सिले भने अमेरिकी कम्पनीहरूसँग उसको महत्वाकांक्षी परियोजना ‘बेल्ट एन्ड रोड’मा सहभागी हुन आग्रह गरेका छन् ।

समारोहमा उपस्थित अमेरिकी विदेशमन्त्री रेक्स टिलरसनले चीनसँग व्यापार सम्झौताबारे भएका छलफलपछि दुई देशबीचको व्यापारिक मतभेद घटेको बताए । उनले अमेरिकी राष्ट्रपति ट्रम्पको चीन भ्रमणको दोस्रो दिन अझै धेरै काम गर्न बाँकी रहेको पनि उल्लेख गरे ।

यसअघि अमेरिकी राष्ट्रपति ट्रम्पले चीन र अमेरिकाबीच असमान व्यापार सम्झौता रहेको र चीनले मात्र त्यसको फाइदा लिइरहेको आरोप लगाउँदै यसबाट अमेरिकालाई धेरै व्यापार घाटा बेहोर्नुपरेको दोहोर्‍याउँदै आएका थिए । तर व्यापारमा चीनको नाफाबारे धेरैलाई आश्चर्यचकित पार्दै ट्रम्पले त्यसमा चीन दोषी नभएको बताए । उनले भने, ‘आफ्ना नागरिकको हितका निम्ति कुनै देशले अर्को देशसँग फाइदा लिन्छ भने त्यसलाई अन्यथा भन्न मिल्दैन।’

यसमा विगतका अमेरिकी प्रशासन नै चीनसँगको एक पक्षीय र पक्षपातपूर्ण व्यापार सम्बन्धका निम्ति जिम्मेवार रहेको उनको दाबी थियो । उनले चीन भ्रमणका क्रममा राष्ट्रपति सिसँग उत्तर कोरियालाई परमाणु निरस्त्रीकरणमा मनाउन थप मिहिनेत गर्न पनि अनुरोध गरे ।

720x90_1
 
720x90
730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2