MENU

नेपाली अर्थतन्त्रबारे मार्क्सवादी बहस

635x90_3

लक्ष्मण श्रेष्ठ शुक्रवार, कात्तिक २४, २०७४ 640 पटक पढिएको

Share This

635-X-85_1

काठमाडौं  : नेपालले आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि कृषिमा आधारित औद्योगिकरणलाई जोड दिनुपर्ने एक भारतीय प्राध्यापकले बताएका छन् । काठमाडौंमा आयोजित ‘अक्टोबर क्रान्ति शताब्दी उत्सवः समकालीन विमर्श' नामक तीन दिने सेमिनारको अन्तिम दिन शुक्रबारको पहिलो सेसनमा बोल्दै जवाहरलाल नेहरू विश्वविद्यालयका प्राध्यापक प्रभात पटनायकले कृषिमा आधारित अर्थतन्त्र निर्माणमा जोड दिएका हुन् ।

भारत र नेपाल लगायतका दक्षिण एसियाली देशमा भूमीमा जमिन्दारको स्वामित्व रहने सामन्ती प्रणालीको पूँजीवादी रूपान्तरण भएर एक पूँजीपतिको हातमा भूमी स्वामित्व गइरहेको चर्चा गर्दै प्राध्यापक पटनायकले सकेसम्म भूमीको राष्ट्रियकरण गर्नुपर्ने बताए । उनले जमिनहरू बाँझो छोड्न नहुने । बाँझो राखिएका जमिनको पुनर्वितरण गर्नुपर्ने बताए । नेपाली अर्थतन्त्र भारतनिर्भर हुन नहुनेमा उनले जोड दिए ।

सोही सेसनमा कार्यपत्र प्रस्तुत गर्दै चिनियाँ अनुसन्धाता झाङ फुजानले समकालीन विश्व अर्थतन्त्रमा भइरहेको प्रतिस्पर्धाको मार्क्सवादी व्याख्या गरिन् ।
नेपाली अनुसन्धाता एवं राजनीतिज्ञ हरि रोकाले नेपालमा मजदूर र किसानको गैरराजनीतिकरण बढिरहेकोमा चिन्ता व्यक्त गरे । ‘नेपाली सन्दर्भमा समाजवादी उन्मुखता'विषयक कार्यपत्र प्रस्तुत गर्दै रोकाले दुइ ठूला कम्युनिष्ट पार्टीहरूको एकीकरण हुने घोषणा भए पनि त्यो अवसान हुने खतरा रहेको धारणा राखे ।

प्रस्तुत कार्यपत्रहरूमाथी टिप्पणी गर्दै भारतीय बुद्धिजीवि आनन्दस्वरूप बर्माले प्राध्यापक पटनायका केही विचारमाथी टिप्पणी गरे । राज्यले नै जमिन खरिदबिक्री गर्न नहुने टिप्पणी गर्दै बर्माले कृषिमा आधारित अर्थतन्त्रमात्रै सम्पूर्ण समाधान नहुने जिकिर गरे । नेपाल र भुटानका कृषि उत्पादनहरूको नाफा भारतमा जाने गरेको चर्चा गर्दै उनले त्यसलाइ रोक्ने वा नियन्त्रण गर्ने कुनै प्रणाली नहुँदासम्म नेपालजस्ता देशको अर्थतन्त्र उकालो नलाग्ने बताए ।

कार्यपत्रहरूमाथी टिप्पणी गर्दै पूर्वराजदुत महेश मास्केले नेपाली बजारमा विदेशी उत्पादनलाइ नियन्त्रण गर्ने र नेपाली उत्पादनको बजार विस्तारित नगर्ने कुनै नीति नै नभएको उल्लेख गरे । नेपाली अर्थतन्त्रको चरित्र बुझ्न नेपाली कृषि अर्थप्रणालीको चरित्र बुझ्नपर्ने उनको दावी थियो ।
‘नेपालका पूँजीपतिहरूको चरित्र कस्तो हो ?', मास्केको प्रश्न थियो ।

अक्टोबर क्रान्तिको शतवार्षिकीको अवसरमा नेपाल वैकल्पिक अध्ययन समाजले आयोजना गरेको सेमिनारको अन्तिम दिन नेपाल, चीन र भारतमा मार्क्सवादी बुद्धिजीविहरूको संगठनबारे छलफल गरिने जनाइएको छ । सेमिनारमा तीन वटै देशका मार्क्सवादी बुद्धिजीवि सहभागी छन् ।

720x90_1
 
720x90
730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2