MENU

गायक मानसराजको नयाँ भिडियो ‘भाइरल भैदियो’ सार्वजनिक

635x90_3

ईश्वरकाजी खाइजू शुक्रवार, कात्तिक २४, २०७४ 1137 पटक पढिएको

Share This

635-X-85_1

भक्तपुर : गीत लेखनमा चर्चा कमाइसकेका मानस राज ६ वर्षपछि पुनः गायन क्षेत्रमा प्रवेश गरेका छन्। नेपाली चलचित्र रेसम फिलिलीमा ‘पारि त्यो डाँडामा घाम लाग्यो घमाइलो, मलाई लाग्यो रमाइलो, तिमी र म घुम्न जाऔं न’, भन्ने गीतबाट एक्कासि चर्चामा आएका मानसराज ‘भाइरल भैदियो’ गीतबाट गायन क्षेत्रमा पुनरामगन गरेका हुन्।

आफ्नै गीत, संगीत र स्वर रहेको उक्त गीतको बिहीबार यूट्युबमा भिडियोसमेत सार्वजनिक गरिएको छ। कार्टुन क्रुजका संस्थापक सविन कार्कीको बीस्ट प्रडक्सनले उक्त म्युजिक भिडियो बिहीबार दिउँसो चार बजे यूट्युबमा सार्वजनिक गरेको हो।

भक्तपुरको सूर्यविनायक नगरपालिका ८ सिपाडोल निवासी मानस राजले आजभोलि जे पनि भाइरल हुने जमाना आएकाले त्यही भाइरल शब्दले आफ्नो मनमस्तिष्क क्लिक गर्दा पाँच मिनेटमा गीत तयार भएको सुनाए।
‘आजभोलि जे पनि भाइरल हुन्छ, भइरहेको छ। त्यस्तै जो पनि भाइरल गर्ने कुरा गर्छन्’, उनले अन्नपूर्णसँग भने, ‘त्यही भाइरल शब्दले मेरो मनमस्तिष्क क्लिक गर्‍यो। त्यही क्लिकले मायाप्रेम र युवाहरु नाच्न मिल्ने गीत तयार गर्नुपर्ला भनी सोच्दै गर्दा पाँच मिनेटमा गीत तयार भयो।’
उनले यसरी शब्द जुराए,
तिम्रोसामु सबै कुरा माइनर भैदियो
यो दिलमा तिम्र नाम फाइनल भैदियो
मैले त खोजेकै हो रोक्न आफूलाई
के गर्नु तिम्रो याद भाइरल भैदियो।
गएको चैतमा गीत तयार गरेका मानस राजले बैशाखमै उक्त गीत एरेञ्ज गर्न दिए। चर्चित एरेञ्जर उदयराज पौडेललाई उक्त गीत ठमाए। पौडेले पनि आफूले सोचेजस्तै गीत एरेञ्ज गरेको गायक तथा गीतकार मानस राजले बताउँछन्।

उनका अनुसार उक्त गीत एरेञ्जरकहाँ पुग्न नपाउँदै धेरै नेपाली चलचित्र निर्माता तथा निर्देशकले उक्त गीत मागेका थिए। किनभने मानस राजले रेसम फिलिलीपछि जंगेको लागि तीनवटा गीत लेखेका थिए। त्यस्तै ग्यांगस्टार ब्लुजको लागि एउटा गीत लेखे। चलचित्र डायरीको लागि लेखिएको ‘माया माया माया’ भन्ने गीत त झन् हिट भएको थियो। मानस राजले आफैले कम्पोज गरेको उक्त गीत आफैले गाउने इच्छा व्यक्त गरेका थिए तर संगीतकार अल्मोदाले आफै गाइदिए।

मानस राजका सुरुका गीत मोहन भुसाल र सनुप पौडेलले गाउँथे। गीतकार मानस राजका अनुसार भुसालले उनको पाँचवटा र पौडेले सातवटा गीत गाएका छन्। त्यस्तै साइँली गाएका हेमन्त राणाले समेत मानस राजका गीत गाइसकेका छन्।

गीत लेखनसँगै नाटकमा अभिनयसमेत गर्दै आएका मानस राजले पत्रकार फूलमान बलले निर्देशन गरिरहेको नीर फूलमा अभिनयसमेत गरेका छन्। अभिनय क्षमतासमेत भएका उनले बिहीबार सार्वजनिक भएको म्युजिक भिडियोमा आफै प्रस्तुत भएका छन्।

‘२०६८ पछि पुनः गायन क्षेत्रमा आएको छ’, उनले भने, ‘यो गीतबाट मैले धेरै आशा गरेको छु। तैपनि यो गीत चले पनि नचले पनि अब चार महिनामा एउटा गीत लेखेर गाउने उद्देश्य लिएको छु।’

720x90_1
 
720x90
730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2