MENU

एसीसी यू -१९ एसिया कप : नेपाल-बंगलादेश भिड्दै (लाइभ)

अन्नपूर्ण शनिवार, कात्तिक २५, २०७४ 15901 पटक पढिएको

Share This

635-X-85_1

काठमाडौं : शुक्रबारदेखि मलेसियामा सुरु भएको एसीसी यू-१९ एसिया कप क्रिकेट प्रतियोगिता अन्तर्गत नेपालले अहिले बंगलादेशविरुद्ध प्रतिस्पर्धा गरिरहेको छ । क्वावालम्पुरको किनरारा मैदानमा जारी खेलमा बंगलादेशले टस जितेर नेपाललाई व्याटिङको निम्तो दिएको थियो। ४०.१ ओभरमा ६ विकेटको क्षतिमा नेपालले १६७ रन बनाएको छ पानी पर्न थालेपछि खेल रोकिएको थियो । १८१ रनको लक्ष पाएर अहिले बंगलादेशले व्याटिङ गरिरहेको छ। 

एसीसी यू-१९ एसियाकपमा ८ राष्ट्रले प्रतिस्पर्धा गरिरहेका छन् । नेपाल रहेको समूह ए मा नेपालसहित भारत, बंगलादेश र मलेसिया रहेका छन् भने समूह बी मा श्रीलंका, अफगानिस्तान, पाकिस्तान र युएई रहेका छन्। वर्षाका कारण खेल सुरु हुन केही समय ढिलो भएपछि ४३ ओभरमा झारिएको छ। 

लाइभ

720x90_1
 
720x90
730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2