MENU

सिटी एक्सप्रेसका साप्ताहिक विजेता घोषणा

635x90_3

अन्नपूर्ण आइतवार, कात्तिक २६, २०७४ 71 पटक पढिएको

Share This

635-X-85_1

काठमाडौं : सिटी एक्स्प्रेस मनी ट्रान्सफरले उत्सव एक्स्प्रेस योजनाको नवौं हप्ताको बिजेता घोषणा गरेको छ । कम्पनीले इलेक्ट्रोनिक लक्की ड्रमार्फत चाँदीका सिक्का तथा ओप्पो फोन विजेताको घोषणा गरेको हो।

चाँदीका सिक्का विजेतामा रुक्मनी कुमारी देवी, लक्ष्मी राई, गुमा देवी कंडेल, सुशिल कुमारी यादव, सुनिता लोप्चोन र लक्ष्मी अधिकारी रहेका छन् भने । छनोट हुनु भएकी छिन् भने सुनसरीकी रनीता साडाले ओप्पो फोन जित्न सफल भइन् ।

लामो समयदेखि मनी ट्रान्सफर सेवा उपलब्ध गराइरहेको सिटी एक्स्प्रेसले दशैं तिहार र छठलाई लक्षित आफ्ना उपभोक्तालार्इ ९० दिनसम्म उपहार योजना सञ्चालन गरेको थियो।

सिटी एक्स्प्रेसका अनुसार उपहार योजना अन्तर्गत उपभोक्ताले दैनिक एक तोला चाँदीका सिक्का, क्याप, टी सर्ट र किरिङ उपहार जित्न सक्छन् । साप्ताहिक रुपमा एक जना भाग्यशाली विजेताले ओप्पो मोबाइल र हरेक महिना एक जनालाई एलजी रेफ्रिजिरेटर उपहार प्रदान गरिने छ । उपहार योजनाको अन्त्यमा एक जना भाग्यशाली विजेताले बम्पर उपहारका रुपमा रेनौल्टको क्विड आरएक्सएल कार जित्न सक्नेछन् ।

कम्पनीका अनुसार दैनिक, साप्ताहिक तथा मासिक विजेताहरु समेत बम्पर उपहारका लागि छनोट हुने जानकारी दिइएको छ । उपहार योजनामा राष्ट्रिय तथा अन्तराष्ट्रिय कारोबार गर्ने दुवै वर्गका ग्राहक संलग्न हुन सक्ने कम्पनीले जानकारी दिएको छ।

720x90_1
 
720x90
730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2