MENU

नेँपार

635x90_3

छम गुरुङ आइतवार, कात्तिक २६, २०७४ 1053 पटक पढिएको

Share This

635-X-85_1

 कविता
– छम गुरुङआज आइतबार छुट्टी दिन
एक्लो मौन छु
मजस्तै बन्द ढोका नखुलोस् सोचिराछुकसरी मर्छौ
यो सोध्दैन
प्रश्न पनि हैनआज मेरो केही कपाल
केही चायाँ झरेको देख्दैन होला
वा गह्रुँगो न्यास्रो चुपचाप विस्फोटिएको कोही सुन्दैन होला
स्वाभाविक छ यो
एउटा ऐना टुक्रा बजारिएभैmं आँसुको आवाज पनि सुनिँदैन होलारुमालबाट पसिनाको वासना आइराछ
मोबाइलमा कलब्रेक खेल ठप्प छ
कारखानाको कर्कस जारी छ
छेउमा छोरीको गुडिया मलाई हेरिराछ
म मेसिनभैmं टालटुल हाँसिराछुयो मुटु आफ्नै औंलाले मार्न सकिँदैनबैनी आपैmंले बुनेर सँघार नाघिआउँदा
आँखामा आँसुको धमिलो पर्दा च्यात्दै
बिदाइमा मलाई हेर्न नसकी–नसकी लगाइदेको मफलर
अँध्यारो कोठाको भित्तामा झुन्डिराछ
सिलिङमा पृथ्वीभन्दा छिटो घुमिराछ पंखानबाँच्नलाई सबथोकको दूरी समाप्त गराइदिए पनि पुग्दो रैछभित्तामा माउसुली आइजाइ, चढ्ने–झर्ने गरिराछ
हेरिरहने जाँगर त्यता पुग्दैन
लोककथाजस्तो न रैछ यो जिन्दगीचुरुट बट्टाको टुक्रामा सकभर कम शब्दमा केही त भन्या छु
लेख्ने मन त पासपोर्टमा थियो
तर त्यो साहूको कब्जामा छ, लेख्न असमर्थ भएँ
जे होस् चिठी हो यो, बूढीको नाममा छोड्या छु
राज्यलाई पनि सम्बोधन ग¥या छु
सिरानीमुनि छ यो, केही छिन लुक्छ यहीँयो चिठीको टुक्रा एक दिन—
बूढी हिँड्ने साँगुरो बाटोका साना–ठूला खाल्टोमा खस्न पुग्ला
छोरीको भविष्यको किताबमा थप एक पृष्ठ बन्न जाला
आमाको काखमा, बाको हत्केलामा बस्न जान्छ होलासमुद्रपारि यो पृथ्वी मेरो लागि अब नघुम्ने होलासानो खाल्डो हो यो कोठा, ठूलो खेत हैनयहाँ पृथ्वी सानो बच्चाको चिहान होमेरो पासपोर्टमा निकै धूलो टाँस्या छनकेही धूलोले आमाको काख मैलो बनाउनेछ
केही धूलोले बाको काँध लुलो बनाउनेछ
केही धूलोले छोरीको आकाश धमिलो बनाउनेछ
बूढीको छातीभित्र एउटा कैंची डुल्नेछकसरी मर्छौ
यो सोध्दैन
प्रश्न पनि हैन
जवाफ स्वयं पनि प्रश्नै हुन सक्छरिंगेट र डलरहरूको मलामीअघि
सायद बाकसभित्र हुनेछु
एउटा संख्या वा अंकहरूमा बदलिनेछुप्लेनभित्र मसान वा चिहान यात्रा गरिराछ, हिजोआज
पोल्ट्री–फार्म बनिराछ संसद्घर
विप्रेषण स्वागतार्थ किन ताली मात्र बजाइरहन्छन् उनीहरू ?
तर ख्याल यत्ति चैं कम्तीमा राख्नुपर्छ
कि बाँच्न सकिँदैन जवाफैजवाफमा मरेर
मर्न पनि सकिँदैन प्रश्न मात्र छोडेरछाम्नुस् त्यो पासपोर्ट
मेरा धेरै सपना फलामको धूलोजस्तै टाँस्या छन् त्यसमानहुनुपर्ने यदि भइहालेमा
मेरो तोमोँमा,
मेरो पासपोर्ट बनाइयोस् मेरै नेँपारसिलिङ–पंखामा गलबन्दी बेरेर झुन्डिराछ
गुडिया चुपचापढोका कसैले ढक्ढक्याइराछमजस्तै बन्द ढोका अब खुल्छ, खोल्छु ।तोमोँ ः अर्घु अर्थात् गुरुङ समुदायमा अन्तिम मृत्युसंस्कार गरिने विधिलाई पय भनेर चिनिन्छ ।
नेँपार ः गुरुङ समुदायमा तोमोँ अर्थात् अर्घु गर्दा एउटा आयताकार कागजमा मृतकको परिचय लेखिन्छ । कागज निगालोको कप्टेरोमा झन्डाजस्तै गाँसिन्छ । त्यही कागजलाई ‘कुउर’ अर्थात् मृतकको ज्यान आकारको बनाइएको प्रतीकको शिरमा मृतकको ‘पुँबुन’ अर्थात् टुप्पी राखिएको एकापट्टि मात्र मुख भएको निगालोको ढुंग्रोसँगै रोपिने चलन छ । यसलाई नेँपार भनिन्छ । तोमोँको अन्त्यमा यसलाई जलाइन्छ ।

720x90_1
 
720x90
730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2