MENU

रसुवागढी जोड्ने छोटो सडक पूरा हुने तयारी

635x90_3

देवचन्द्र भट्ट आइतवार, कात्तिक २६, २०७४ 777 पटक पढिएको

Share This

635-X-85_1

नुवाकोट : नेपाल-चीन प्रवेशका लागि हाल सञ्चालनमा रहेको एकमात्र रसुवागढी नाका पुग्ने छोटो दुरीको सडकमार्ग खन्ने कार्य नेपाली सेनाले धमाधम गरिरहेको छ। गत २०७२ सालको वैशाखदेखि हालसम्म सेनाले १७ किलोमिटर लामो सडकको सिंगल लेन खन्ने कार्य सकिसकेको छ।

अबको ६ महिनामा १७ किमी पूरै डबल लेन निर्माण सम्पन्न गर्ने गरी नेपाली सेनाले काम गरिरहेको स्याफ्रुबेँसी-मैलुङ सडकमार्ग निर्माण कार्य हाल तीव्र रुपमा भइरहेको छ। चीनले गत सेप्टेम्बर एक तारिखदेखि रसुवागढी नाकालाई अन्र्तराष्ट्रिय नाकाको रुपमा मान्यता दिएपछि यसको महत्व झनै बढेर गएको छ।

निर्माणाधीन सडक सेनाले अहिले एकैपटक सात स्थानबाट खनिरहेको छ। सो बाटोको निर्माण पूरा भएपछि चीन-नेपाल-भारतको दुरी छोटो हुने डिभिजनल सडक कार्यालय नं. ५ नुवाकोटले जनाएको छ।

त्रिशुली र भोटेकोशीको दोभान, सोलेमा दुई स्थान, मैलुङ र बुङचेत दुई स्थान, स्याफ्रुबेशीबाट सडक खन्ने कार्य भइरहेको नेपाली सेनाले जनाएको छ। सो सडक खन्ने कार्यको नेतृत्व नेपाली सेनाका इन्जिनियर सेनानी सन्जय केसीले गरिररेहका छन्।

सेनाको अगुवाइमा भइरहेको सो सडक खन्ने कार्यमा हाल एकसय ९० जना र चार सय जना कामदारसहित पाँचसय ९० जना कामदार दैनिक खटिरहेका छन्। सो सडक हालसम्म सेनाले १७ किलोमिटर सिंगल लेन खनिसकेको छ भने सात किमि सडक डवल लेन खन्ने कार्य सकिएको सैनिक जनसम्पर्क निर्देशनालयका प्रमुख तथा सैनिक प्रवक्ता सहायक रथी झंकरबहादुर कठायतले जानकारी दिए।

उनका अनुसार रसुवागढी नाका हाल चीनतर्फ सञ्चालनमा रहेको एकमात्र नाका रहेका कारण सो सडकलाई मैलुङ-स्याफ्रुबेशी सडकलाई नेपाली सेनाले नेपाल र नेपालीको प्रतिष्ठासँग गाँसेर समयमै सम्पन्न गर्ने लक्ष्य लिएको छ। सो सडक बढीमा ३० फिट तथा नौ देखि ११ मिटर चौडाइ खन्ने कार्य भइरहेको छ।
सेनाले २०७२ साल बैशाखदेखि सो सडकमध्ये पहिले सात किमी र गत वर्षदेखि १० किमी निर्माणको जिम्मा पाएको प्रवक्ता कठायतले बताए। सो सडकको निर्माणमा हाल प्रति किमी तीन करोड ५० लाख रुपैँया खर्च भइरहेको छ।

चालु आबका लागि सो सडकमा १८ करोड रुपैँया बजेट विनियोजित भएको छ। नेपाल-चीनको व्यापार व्यवसाय अभिवृद्धि गर्ने उक्त सडकमार्ग निर्माणमा नेपाली सेना प्राविधिकसहित खटिरहेको छ। चार थान स्काभेटर, २० वटा कम्प्रेशर मेसिनबाट सडक खन्ने कार्य भइरहेको छ। १७ किलोमिटर दुरी मध्ये सरकारले सबैभन्दा पहिले सेनालाई चार र थप तीन किमी गरी सात किलोमिटर सडक खन्ने कार्य अनुमति मात्र दिएको थियो। सो सडकका लागि सरकारले गत वर्ष ६ करोड रुपैँया विनियोजन गरेको छ।

सो सडकका लागि यसअघि १४ करोड रुपैँया खर्च भइसकेको छ। सो सडक कटिङसहित नौदेखि ११ मिटर चौडाइको हुने छ। सो सडक निर्माणका असहज स्थानमा हेलिकोप्टरबाट विस्फोटक पदार्थलगायत सामग्री हेलिकोप्टरले नुवाकोटको विदुरमा रहेको शैन्य तालिम केन्द्रबाट लैजाने कार्य भइरहेको छ।

हालसम्म १० पटक दर्जनौ उडान भरेर सेनाको हेलिकप्टरले आबश्यक सामग्री पुर्‍याइएको छ। स्याफ्रुबेँसी-मैलुङ सडक निर्माण कार्यदलका अनुसार पहिलो चरणमा कडा चट्टान फुटाली बाटो खोल्ने र दोस्रो चरणमा दोहोरो लेन सडक निर्माण गर्दै नेपाली सेना अगाडि बढिरहेको छ।

सेनाले स्याफ्रुदेखि मैलुङसम्मको सडक अबको ६ महिनामा निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ दैनिक काम भइरहेको छ। आगामी २०७५ साल वैशाखमा सो सडकको सम्पुर्ण निर्माण कार्य पूरा गरिने नेपाली सेनाका प्रवक्ता कठायतले जानकारी दिए।

720x90_1
 
720x90
730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2