MENU

राजधानीको नाटक घरमा कविता वाचन

635x90_3

अन्नपूर्ण आइतवार, कात्तिक २६, २०७४ 555 पटक पढिएको

Share This

635-X-85_1

काठमाडौं : राजधानीमा रचना वाचन कार्यम्रम सम्पन्न भएको छ । आइतबार राष्ट्रिय नाचघरमा आयोजित समारोहमा कवि घनश्याम कँडेल, भनश्याम परिश्रमी र मुक्तकार रमेश पौडेलले रचना वाचन गरे । ‘धृतराष्ट्र’ खण्डकाव्यका लागि २०७३ सालको मदन पुरस्कार विजेता कँडेलले कविता मानव अभिव्यक्तिको एक सशक्त माध्यम भएको बताए।

कँडेलले देशभक्ति, प्रेमिल र बुद्धको मोहलगायत छ वटा कविता वाचन गरेका थिए। कँडेलले आफूले आँखाको ज्योति गुमाएको र त्यसबेला धृतराष्ट्रको स्थिति कल्पना गरेर काव्य सिर्जना गरेको अनुभव सुनाए। कार्यक्रममा गजलकार घनश्याम परिश्रमीले १० वटा गजल वाचन गरे।गजलप्रति युवा वर्गको बढ्दो आकर्षण गजलको सम्वद्र्धनका लागि सकारात्मक पक्ष भएको उनको भनाइ छ ।

पौडेलले मुक्तक गागरमा सागर अटाउने सुन्दर विधा भएको चर्चा गरे। साहित्यप्रेमी दर्शकको उपस्थितिले साहित्यिक वातावरण रोमाञ्चक बनेको थियो।

720x90_1
 
720x90
730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2