MENU

प्रधानमन्त्री पदभन्दा 'मह जोडी' प्यारो

635x90_3

कृष्णमणि बराल सोमवार, कात्तिक २७, २०७४ 3683 पटक पढिएको

Share This

635-X-85_1

 

पोखरा : वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले आफूलाई प्रधानमन्त्री, राष्ट्रपति पदभन्दा महजोडी नै प्यारो लागेको बताएका छन् । उनको पुस्तक ‘महभित्रको म’ को अन्तक्र्रियाका एक सहभागीले सोधेको ‘तपाईंजस्तो सफल व्यक्ति किन राजनीतिमा आउनु हुन्न ? ’ प्रश्नको जवाफमा उनले भने, ‘म कला क्षेत्रभन्दा अन्य क्षेत्रमा सफल भएको छैन, मलाई प्रधानमन्त्री र राष्ट्रपतिभन्दा पनि मह जोडीभन्दा नै मजा आउँछ ।’

र्‍यान्डम रिडर्स सोसाइटी अफ नेपालले शनिबार पोखरामा आयोजना गरेको पुस्तक अन्तक्र्रियामा उनले आफ्ना पुस्तकमा जीवनका धेरै मोड छुटेको खुलाए । उनले भने, ‘धेरै भन्न र लेख्न बाँकी छ, अर्को पुस्तक लेख्न सोचिरहेको छु ।’ आफूले आत्मकथा ६ वर्षभन्दा अघिदेखि लेख्न थालेको सुनाए । उनले विवशता जनाए, ‘नियमित लेख्दै थिएँ, श्रीमतीलाई क्यान्सर भएपछि लामो समय लाग्यो ।’

मदनकृष्णसँग पत्रकार दीपेन्द्र श्रेष्ठले उनका व्यक्तिगत जीवन र कलायात्राका बारेमा अन्तरंग वार्ता गरेका थिए । विकसित देशमा जन्मन पाएको भए के बन्नुहुन्थ्यो ? भन्ने प्रश्नमा उनले भने, ‘म शून्य हुन्थेँ ।’ त्यसो त उनले पुस्तकको नाम पनि ‘शून्यताभित्रको म’ राख्न खोजेका रहेछन् । ‘संसार शून्य नै हो, जीवनमा केही आउँछ अनि सकिन्छ ।’ तर यो नाम राख्न परिवारले नदिएको उनले बताए ।

पुस्तक लेखेर तयार भएका बेला उनको खुट्टा सुन्निएको थियो । उनका जोडी हरिवंश आचार्यले आफ्नो पुस्तकको नाम ‘चिना हराएको मान्छे’ राखेको भन्दै परिवारले उनको पुस्तकको नाम ‘खुट्टा सुन्निएको मान्छे’ राख्ने कि भनेर जिस्काएका थिए रे ।

श्रीमती यशोदा सुवेदीसँग अन्तरजातीय विवाह गर्दा धेरै दुःख झेल्नुपरेको कलाकार श्रेष्ठले बताए । पुस्तकमा आफ्नो जीवनका सुख दुःख अनुभूति गरेर लेखेको भन्दै उनले कतिपय लाइन लेख्दा आँसु झरेको सम्झिए ।

कलाकार हरिवंश आचार्यसँगको सम्बन्ध पारदर्शी भएर नै ३७ वर्षदेखि निरन्तर टिकेको पनि उनले सुनाए । ‘हामी कमाइ बराबरी भाग लगाएर लिन्छौं’, उनले भने, ‘एकअर्कामा शंका गर्नुपर्ने कुनै कारण छैन ।’

मह सञ्चारको लगानीमा बनिरहेको चलचित्र ‘शत्रु गते’ को अफ्नो भागको सुटिङ तयारीमा रहेका श्रेष्ठले भने, ‘काम भनेको भगवान् हो, यसलाई हामीले छाड्यौं भने यसले पनि हामीलाई छाड्छ ।’
‘महभित्रको म’ पुस्तक एउटा कलाकारको जीवन संघर्ष र सफलताको कथा भएकाले पोखरामा अन्तक्र्रिया गरेको र्‍यान्डम रिडर्स सोसाइटीका अध्यक्ष केशवशरण लामिछानेले बताए । उक्त पुस्तकका प्रकाशक फाइन प्रिन्टका अजित बरालले कलाकारको जीवन पढ्न चाहनेलाई गहकिलो पुस्तक रहेको बताए ।

 

720x90_1
 
720x90
730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2