MENU

कार्ल्सवर्गको १७०औं वार्षिकोत्सव

635x90_3

अन्‍नपूर्ण सोमवार, कात्तिक २७, २०७४ 297 पटक पढिएको

Share This

635-X-85_1

काठमाडौं : कार्ल्सवर्गको १७०औं वार्षिकोत्सवका क्रममा गोर्खा ब्रुअरीअरीले पाटन संग्राहलयमा फोटो प्रदर्शनी समारोह आयोजना गरेको छ। गोर्खा ब्रुअरीले कम्पनीको कथा बोकेको र ज्याकोबसेन परिवारको १८औं शताब्दीदेखि अहिलेसम्मका फोटा संकलन गरी पाटन संग्राहलयमा फोटो प्रदर्शनी समारोह आयोजना गरेको हो। एक सय ७० वर्षको बियरको इतिहासका दौरान गरिएका खोज, व्यक्तिका समस्या समाधान र जीवनलाई उत्कृष्ट बनाउन गरिएका प्रेरक प्रसंगलाई फोटोमार्फत प्रदर्शनीमा राखिएको थियो।

 जेसी ज्याकोबसेनको पीएच स्केल र शुद्ध इस्टजस्ता वैज्ञानिक खोज यसमा समावेश गरिएको थियो। इस्ट बिग्रिएर सम्पूर्ण बु्रविङ उद्योग नै प्रभावित भएको समयमा ज्याकोबसेनले शुद्ध इस्ट बनाउने तरिका पत्ता लगाएका थिए। यसले उनलाई खुला स्रोतको रूपमा कार्य गर्ने पहिलो व्यवसायीको रूपमा चिनायो। गोर्खा बु्रअरीका उपप्रबन्ध निर्देशक सुरेन्द्र सिल्वालकाले १७०औं वार्षिकोत्सव पुराना दिनका खुसी बाँड्न र नयाँ दिनलाई स्वागत गर्न प्रयोग गरिएको बताए।

उनले काल्र्सवर्गले आगामी दिनलाई अविस्मरणीय बनाउन ब्रुइङ गर्दै आएको उल्लेख गरे।अहिले प्रयोगमा आएको बियरलाई वैज्ञानिक खोजका माध्यमबाट थप गुणस्तरीय बनाउनेछ। अहिले गरिएको पुनःसंरचनाले धेरैभन्दा धेरै मानिससमक्ष पुर्‍याई विशिष्ट उत्पादनको अनुभव गर्ने अवसर दिएको उनको भनाइ छ।

अगस्ट महिनाको एक हप्तासम्म काल्र्सवर्गको १७०औं वार्षिकोत्सव मनाइएको थियो। सोही अवसरमा काल्र्सवर्गका पारखीले ऐतिहासिक बु्रइङ साइटको भ्रमण गरेका थिए। त्यस दौरानमा काल्र्सवर्गले होलोग्राम प्रविधिको नविन प्रयोगले उत्पादनलाई पुनःजीवित गरेको थियो।

विश्वको पहिलो जिरो कार्बन विन्डमिल बारमा १० हजारभन्दा बढी काल्र्सवर्गका पारखी सहभागी बनाई बृहत् स्ट्रिट पार्टीको आयोजना गरिएको थियो।

720x90_1
 
720x90
730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2