MENU

वडाध्यक्ष दलित महिला सदस्यसँग आपत्तिजनक अवस्थामा भेटिएपछि

रासस सोमवार, कात्तिक २७, २०७४ 28852 पटक पढिएको

Share This

635-X-85_1

गौशाला : महोत्तरी जलेश्वर नगरपालिकाको एक वडा अध्यक्ष गएराति आफ्नै दलित महिला वडा सदस्यसँग आपत्तिजनक अवस्थामा फेला परेको आरोपमा पक्राउ परेको  जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

गएराति साढे १० बजेतिर दलित महिला वडा सदस्यको घरमा वडाध्यक्ष  र दलित महिला वडा सदस्य दुवैलाई आपत्तिजनक अवस्थामा महिलाका देवर, ससुरा र जेठाजुले देखेपछि बाहिरबाटै दुवै जनालाई घरमा थुनेर गाउँलेलाई बोलाएर दुवैलाई रंगेहात पक्राउ गरिएको आरोप रहेको प्रहरी उपरीक्षक कुबेर कडायतले बताए। सो महिलाका घरका सदस्यहरु तथा गाउँलेले पक्राउ गरी प्रहरी बोलाएर गए राति ११ बजे दुवैलाई प्रहरीको जिम्मा लगाएको थियो भने प्रहरीले दुवैलाई गए राति नै मेडिकल जाँच गराई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेको प्रहरीले जनाएको छ । 

प्रहरी उपरीक्षक कडायतले वडाध्यक्ष र महिला वडा सदस्यमाथि लगाइएको आरोपको सम्बन्धमा प्रहरीले घटनाको वास्तविकता के हो भन्ने बारे थप अनुसन्धान र सोधपुछ गरिरहेको बताए । रासस

720x90_1
 
720x90
730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2