MENU

नेबिकोको सुगर फ्री क्र्याकर बजारमा

635x90_3

अन्‍नपूर्ण सोमवार, कात्तिक २७, २०७४ 459 पटक पढिएको

Share This

635-X-85_1

काठमाडौं : नेबिकोको सुगर फ्री क्र्याकरमा २० प्रतिशत एक्स्ट्रा साथ बजारमा आएको छ । नेबिको ५३ वर्षदेखि बिस्कुट तथा कन्फेक्सनरी उत्पादन तथा बिक्री वितरण गरिरहेको नेपालको ठूलो तथा उत्कृष्ट कम्पनी हो । कम्पनीले स्थापनादेखि आफ्नो उत्पादनको उच्च गुणस्तर कायम गर्दै आएको छ ।

उपभोक्ताको विश्वास जित्न तथा गुणस्तर कायम राख्न यस प्रालिले नेपाल गुणस्तर चिह्न तथा आईएसओ ९००१:२००८ क्वालिटी म्यानेजमेन्ट सिस्टम लिएको छ । हाल यस प्रालिको स्वामित्वमा बिस्कुट, कन्फेक्सनरी, मैदा मिल र ट्रेडिङ कम्पनी छन् । सुगर फ्री क्र्याकर बिस्कुट नेबिकोको एक उत्कृष्ट उत्पादन हो ।

यो उत्पादन नेपाली बजारलाई ध्यानमा राखी बिक्रीवितरण गर्न लागिएको छ । बिस्कुटमा चिनीको ठाउँमा फुड ग्रेड स्विटनर प्रयोग गरी गुलियो बनाइएको, मधुमेह भएका तथा नभएका दुवैले उपभोग गर्न मिल्ने र शरीरलाई सन्तुलनमा राख्न आवश्यक पौष्टिक पदार्थ भएको कम्पनीले जनाएको छ ।

लो क्यालोरीयुक्त बिस्कुट हरेक उमेर समूहका लागि उपयोगी हुने बताइएको छ । उत्कृष्ट प्याकेजिङ गरिएको क्र्याकर बिस्कुटको नेट वेट तीन सय ५० ग्राम छ । यसको बजार मूल्य सय रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ ।

720x90_1
 
720x90
730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2