MENU

१० स्थानमा एनटी स्याटमार्फत दूरसञ्चार सेवा

635x90_3

अन्‍नपूर्ण सोमवार, कात्तिक २७, २०७४ 781 पटक पढिएको

Share This

635-X-85_1

काठमाडौं : नेपाल टेलिकमले दार्चुला, जुम्ला, कालिकोट र हुम्लाका दुर्गम १० स्थानमा एनटी स्याटमार्फत दूरसञ्चार सेवा सञ्चालनमा ल्याएको छ। प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनमा कुनै पनि दूरसञ्चार सेवा नपुगेका स्थानमा जतिसक्दो छिटो सेवा सञ्चालन गर्न नेपाल सरकारबाट निर्देशन भएसँगै कम्पनीले एनटी स्याटमार्फत सेवा सुरु गरेको हो। टेलिकमले केही हप्तायता सेवा सञ्चालनमा ल्याउन सुरु गरेको थियो।

हुम्लाको चङखेली गाउँपालिकामा आइतबारदेखि सेवा सञ्चालनमा ल्याएसँगै दशवटा स्थानमा सेवा उपलब्ध भएको छ। यसरी एनटी स्याटमार्फत सेवा सञ्चालनमा ल्याइएका स्थानमा दार्चुलाको ब्यास गाउँपालिका, नौगढ गाउँपालिका र अपि हिमाल गाउँपालिका, जुम्लाको कङ्कासुन्दरी गाउँपालिका, कालिकोटको महावै गाउँपालिका र हुम्लाको कडाकोट, चङखेली र खार्पुनाथ गाउँपालिका छन्।

उल्लिखित गाउँपालिकाअन्तर्गत दार्चुलाको हुति, धुलिगढा र खण्डेश्वरी, जुम्लाको बुम्रमादीचौर, कालिकोटको पातामघाट र ओदङखु तथा हुम्लाको मैला, मेघ्पा, खार्पुनाथ र श्रीमस्तामा उपकरण जडान गरिएको छ। ती स्थान अति दुर्गम भएकाले यथासीघ्र सेवा सञ्चालन गर्न कम्पनीले हेलिकोप्टर प्रयोग गरी उपकरण ढुवानी गरेको थियो।

टेलिकमले दुर्गम हिमाली जिल्लामा सेवा उपलब्ध गराउन एनटी स्याट प्रविधिको प्रयोग गरिरहेको छ। यो सँगै स्थानीयवासीले दूरसञ्चार सेवा उपभोग गर्न पाउनेछन् भने नेपाल सरकारको कार्य सम्पादनमासमेत सहज हुने टेलिकमले जनाएको छ।

720x90_1
 
720x90
730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2