MENU

आईएसओ तालिम सम्पन्न

635x90_3

अन्‍नपूर्ण सोमवार, कात्तिक २७, २०७४ 429 पटक पढिएको

Share This

635-X-85_1

काठमाडौ : गोर्खा इको प्यानलको निर्माणकर्ता इन्टरनेसनल ग्रिन डेभलपर्स नेपाल प्राइभेट लिमिटेड भक्तपुरको आयोजनामा दुईदिने आईएसओ गुणस्तरसम्बन्धी तालिम सम्पन्न भएको छ। इन्टरनल अडिटर ट्रेनिक कोर्स अन आईएसओ ९००१:२०१५ क्वालिटी म्यानेजमेन्ट सिस्टमबारे तालिम दिइएको हो। काठमाडौंको नयाँ वानेश्वरस्थित एनएटीसीएम नेपाल प्राइभेट लिमिटेडको सहकार्यमा तालिम दिइएको हो।

आईएसओ चिह्नको गुणस्तरबारे जानकारी दिन तालिम दिइएको हो। तालिमपश्चात आईएसओ चिह्नको महत्‍व र गुणस्तरबारे थप जानकारी मिलेको तालिममा सहभागी इन्जिनियर कृष्णसुन्दर कुम्पाखले बताए। कम्पनीमा कार्यरत इन्जिनियर र कर्मचारीको क्षमता अभिवृद्धि र गोर्खा इको प्यानलको गुणस्तर कायम राख्न कम्पनीले यस्तो तालिम दिँदै आएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत कृष्णभक्त दुवालले जानकारी दिए।

720x90_1
 
720x90
730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2