MENU

कालिञ्‍चाेक केवलकारको काम ७५ प्रतिशत सम्पन्‍न

सुवास योञ्‍जन सोमवार, कात्तिक २७, २०७४ 30400 पटक पढिएको

Share This

635-X-85_1

चरीकोट : दोलखाको प्रशिद्ध मन्दिर कालिञ्‍चोक भगवती मन्दिरसम्म पुग्ने केवलकारको निर्माण कार्य ७५ प्रतिशत सम्पन्न भएको छ। वर्षात्‍ाकाे समयमा निर्माण सामाग्री ढुवानीमा परेको समस्याको कारण ढिलाई भएको बताउँदै हाल तीव्र गतिमा काम भइरहेको केवलकार निर्माण कम्पनी कालिञ्‍चोक दर्शन लिमिटेडका प्रमुख अशोक शिवाकोटीले जानकारी दिए। उनले २ महिना हिउँ नपरेमा नयाँ वर्षमा केवलकार सञ्‍चालन गर्ने गरी काम अगाडी बढाइरहेको बताए।

केवलकारको लागि आवश्यक सामाग्रीहरु स्वीजरल्याण्डबाट काठमाडाैमा ल्याइसकेको जानकारी दिँदै बाँकी काम द्रुत गतिमा बढिरहको बताए। सुरुमा छब्बीस करोडको लागत भनिएपनि निर्माण अवधि लम्बिएसँगै लागत बढेर चालिस करोड रुपैयाँ पुगेको सञ्‍चालकको भनाइ छ। सो केवलकारमा तत्कालको लागि दुईवटा गोण्डुला हुने छन्। सो गोण्डुलाको क्षमता १२ जनाको रहेको छ। एक दिनमा १२ सय जना श्रद्धालुभक्तजनले भगवतीको दर्शन गर्न सक्नेछन्।छवटा टावर रहने सो केवलकारको हालसम्म चारवटा टावरको काम सकिसकेको भने टप स्टेशनको फाउण्डेशनको काम पनि तयार भइसकेको छ।

तत्कालका लागि केवलकार मात्र सञ्चालन गर्ने र करिब २ वर्षभित्रमा आवश्यक सम्पूर्ण संरचनाहरु निर्माण गरिसक्ने प्रमुख शिवाकोटीले जानकारी दिए। दोलखाको कालिञ्चोक गाउँपालिकाको कुरीमा निर्माण भइरहेको केवलकार निर्माण सम्पन्न भएपछि कालिञ्चोक माताको दर्शनको लागि आउने पर्यटकहरुको संख्यामा उल्लेख्य वृद्धि हुने विश्वास सञ्चालकहरुको रहेको छ। अहिले पनि धेरै धर्मालम्बीहरु चाहेर पनि मन्दिरसम्म पुग्न नसकिरहेको अवस्थामा केवलकार निर्माण भएपछि सहज हुने केवलकार सञ्चालक बालकृष्ण शिवाकोटीले बताए।

कुरीबाट करिब १ घण्टा ठाडो उकालो हिड्नु पर्ने बाध्यताले पनि धेरै धार्मिक पर्यटकहरु कालिञ्चोक पुग्न सकेका छैनन्। उनले तराईबाट दोलखा आउने सहज र छोटो वैकल्पिक बाटो निर्माण भइसकेकाले पनि भारतीय नागरिकलाई कालिञ्चोक दर्शन गर्न सहज हुने बताए। पर्यटकीय क्षेत्रको विकासले नै दोलखाको विकास हुने बताउँदै काञ्चिोकलगायत विभिन्न धार्मिक स्थलहरुको प्रचारप्रसार र पूर्वधार निर्माणमा सरकारी एवं नीजि कम्पनीहरु अग्रसर हुन आवश्यक छ।

 

 

 

720x90_1
 
720x90
730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2