MENU

पत्रकार दुर्व्यवहार गर्नेलाई कारबाही गर्न महासंघको माग

अन्नपूर्ण सोमवार, कात्तिक २७, २०७४ 680 पटक पढिएको

Share This

635-X-85_1

काठमाडौँ: नेपाल पत्रकार महासंघले 'टिभी टुडे'का संवाददाता कान्ता गिरी र फोटो पत्रकार दर्शन खत्रीमाथि समाचार संकलनका क्रममा हातपात गर्नेलाई कारबाही गर्न सरकारसँग माग गरेको छ। महासंघका महासचिव रमेश विष्टले सोमबार विज्ञप्ति निकाली घटनामा संलग्नलाई कानूनी कारवाही गर्न र प्रेस स्वतन्त्रता विरोधी घटना दोहोरिन नदिन सरकारसँग माग गरेका हुन्।

विज्ञप्तिमा निर्बाधरूपमा समाचार संकलन र संप्रेषण गर्न पाउने पत्रकारको संवैधानिक र कानूनी अधिकार कुण्ठित गर्ने यस प्रकारको घटनाको महासंघले विरोध र भत्र्सना गरिएको छ।

शैक्षिक संस्थामा पूर्वजानकारी गराएर समाचार संकलनका लागि गएका पत्रकारमाथि दुव्र्यवहार गर्नु र प्रहरीले नियन्त्रणमा लिनुजस्तो घटनाले प्रेस स्वतन्त्रताको गम्भीर उल्लंघन भएको महासंघको ठहर छ। आइतबार 'इन्ष्टिच्यूट अफ मेनेजमेन्ट स्टडिज’ का सञ्चालक भावना राणा र त्यहाँका कर्मचारीले समाचार संकलनका क्रममा गिरी र खत्रीलाई गालीगलोज गर्नाका साथै क्यामेरा र मोबाइल नियन्त्रणमा लिई हातपातको प्रयास गरेको जनाइएको छ।

घटनालगत्तै पुगेको प्रहरीले दुवै जनालाई नियन्त्रणमा लिई सिंहदरबार वृत्तमा करिब चार घण्टा राखिएको थियो। पछि पत्रकार महासंघ र प्रेस काउन्सिल नेपालको पहलमा आइतबार साँझ पत्रकारद्वयलाई मुक्त गरिएको छ।

720x90_1
 
720x90
730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2