MENU

म्यादीमा किशोरीको आकर्षण, ‘हामी पुरुषभन्दा कम छैनौं'

यम विरही मंगलवार, कात्तिक २८, २०७४ 965 पटक पढिएको

Share This

635-X-85_1

काठमाडौं: ललितपुर भैंसैपाटीकी लक्ष्मी हुमागाईं भर्खर ११ कक्षा पढ्दै छन् । आदर्श कलेजमा शिक्षा विषय पढ्ने उनी म्यादी प्रहरीमा तालिमका लागि जाउलाखेल आएकी छन् । कात्तिक १२ गतेदेखि चलेको तालिममा उनले चुनावी सुरक्षासम्बन्धी तालिम लिइरहेकी छन् ।

 

उनीसँगै गोदावरीकी १८ वर्षीया अञ्जना विष्ट पनि तालिममा छिन् । चिडियाखानाअघिको खुलाचौरमा बिहानैदेखि ठूलो संख्यामा महिलाले म्यादी प्रहरीका लागि परेड खेलिरहेको दृश्य साँच्चै रोमाञ्चक देखिन्छ ।

‘सानैदेखि देशको सेवा गर्ने इच्छा थियो । पुलिसमा नोकरी गर्न सजिलो हुन्छ भनेर म्यादीमा भर्ना हुन आएकी हुँ,' गोदावरीकी विष्टले अन्नपूर्णसँग कारण खोलिन्, ‘हामीसँग हिम्मत छ । राम्रो सुरक्षा दिन सक्छौं । हामी पुरुषभन्दा कम छैनौं ।' विष्ट तालिमक्रममा महिलातर्फको दौडमा दोस्रो भएकी थिइन् ।

अर्की किशोरी सरिता महर्जन पनि बुङ्मतीबाट म्यादीको तालिम लिन आएकी छन् । उनीहरूले आफ्ना बाबु–आमाले खुसीसाथ म्यादीमा पठाएको बताए । जाउलाखेल प्रहरी परिसरका अनुसार ललितपुरमा मात्र तीन सय ८२ युवतीले तालिम लिँदै छन् । कलेजका छात्रा पनि विशेष रुचिका साथ म्यादी तालिममा छन् ।

ललितपुरमा सातदोबाटो, चापागाउँ, सानेपा, जाउलाखेल, लगनखेल र मंगलबजारस्थित च्यासल मैदानमा धमाधम म्यादीको तालिम सञ्चालन भइरहेको छ । जाउलाखेल परिसर प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक गणेशबहादुर ऐरले यो निर्वाचनमा उल्लेख्य संख्यामा किशोरीहरू म्यादीमा भर्ना हुन आएको बताए । ‘अहिले धेरै परिवर्तन भएको छ । चुनावमा किशोरीको रुचि बढेको देखिन्छ,' ऐरले भने, ‘यसरी उनीहरू आउँदा निर्वाचनलाई महिलामैत्री र मानवअधिकारमैत्री बनाउन सहज हुन्छ ।'

प्रहरी, सेना र सशस्त्रमा भर्ना हुन सजिलो र विदेशमा समेत सुरक्षाकर्मीको काममा जान सुविधा हुने भएकाले पनि म्यादीमा आकर्षण बढेको हुन सक्ने ऐर बताउँछन् । ‘कालिकोट, हुम्ला, जुम्लासम्मका युवा म्यादीको तालिममा आएका छन्,' उनले भने । म्यादीको उत्साह देखेर खाता खोल्दा एउटा बंैकले ५० रुपैयाँको सिमकार्ड सित्तैमा दिएको पनि ऐरले सुनाए ।

ललितपुरमा मात्र महिला र पुरुष गरी एक हजार एक सय ५८ जना म्यादीको तालिममा रहेको परिसरले जनाएको छ । पाँचजनालाई अवैध क्रियाकलापमा संलग्न देखिएको भनेर फर्काइएको छ । ललितपुरमा मात्र होइन, काठमाडौं र भक्तपुरमा पनि म्यादीमा किशोरीको रुचि झन्डै पुरुषकै हाराहारीमा देखिएको छ । भक्तपुरमा म्यादीको तालिममा संलग्न सात सय ३६ जनामध्ये महिला मात्र तीन सय २१ जना रहेको प्रहरी परिसरले जनाएको छ । त्यहाँ प्रहरी वृत्तमा म्यादीको तालिम चलिरहेको छ ।

काठमाडौंमा पनि कुल दुई हजार सात सय ७६ मध्ये किशोरीको संख्या आठ सय ७० छ । काठमाडौंमा १४ वटा वृत्तमा धमाधम तालिम चल्दै छ ।

720x90_1
 
720x90
730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2