MENU

एउटै ‘भोट बैंक'मा जितको खोजी

635x90_3

शिवराज भट्ट मंगलवार, कात्तिक २८, २०७४ 2542 पटक पढिएको

Share This

635-X-85_1

धनगढी: वाम गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका पोलिटब्युरो सदस्य लेखराज भट्ट र कांग्रेस उम्मेदवार सुनीलकुमार भण्डारीको पुख्यौली घर डोटीको गड्सेरा हो । संयोग कस्तो परेको छ भने दुवै कैलाली क्षेत्र नं. ४ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार हुन् । चुनावी प्रतिष्पर्धा पनि यी दुई नेताबीच नै छ । यो क्षेत्रमा गड्सेरीकै बाक्लो बस्ती छ । दुबै उम्मेदवार एउटै भोटबैंबाट जित खोजिरहेका छन।

०६४ को संविधानसभामा यही क्षेत्र (विगतको क्षेत्र नं. ५) बाट भट्ट विजयी भएर मन्त्री बने । तर, ०७० को संविधानसभा निर्वाचनमा भने भट्टले आफ्नो विरासत जोगाउन सकेनन्। कांग्रेसका दीर्घराज भाटले बाजी मारे । अहिले भट्ट विगतको जित दोहोर्‍याउने दाउमा छन।

भट्टको चुनावी नारामा विकास छ । कञ्चनपुरको दोधाराचाँदनीमा सुख्खा बन्दरगाहको अवधारणा र निर्माणाधीन धनगढी–दिपायल द्रुतमार्ग आफू मन्त्रीहुँदा काम भएको श्रेयले जनताको साथ पाउने उनको दाबी छ । उनले धनगढी विमानस्थललाई अन्तराष्ट्रिय विमानस्थलका रुपमा विकसित गरेर पश्चिमबाट हुने अन्तराष्ट्रिय विमानलाई धनगढीमै रोकेर यस क्षेत्रको पर्यटनमा टेवा पुगाउने एजेन्डा जनतामाझ लगेका छन । ‘जनताले अझै पुलपुलेसा, विद्यालय, गुणस्तरीय स्वास्थ्यका कुरा, गाउँको कृषि सडकको स्तरोन्नतीका कुराहरु मात्रै माग गर्ने गरेका छन । जुन अबको पाँच वर्षमा सबै पुरा गर्न सकिन्छ' उनले भने।

भन्छन्, ‘विगत एक दशकमा विकासै नभएको कुरा जनताले दोहोर्‍याइरहेका छन ।' २०७० को संविधानसभा निर्वाचनभन्दा क्षेत्र पुनर्संरचना गर्दा निर्वाचन क्षेत्र र मतदाता दोब्बर बढेका र स्थानीय तह निर्वाचनमा कांग्रेसभन्दा वाम गठबन्धनको दोब्बर बढी मत आउनुले भट्ट यसपाली जित्ने भनिरहेका छन् ।
बलियो उम्मेदवार बनेका छन् । गोदावरी र गौरीगंगा नगरपालिकाका साथै चुरे गाउँपालिकामा प्रमुखसहित एमालेले जितेको छ। तीन वटै तहमा वाम गठबन्धनको झण्डै ३२ हजार मत आएको छ भने कांग्रेसको १६ हजार मात्रै।

कांग्रेसका भण्डारी लामो समयदेखि पार्टीमा सक्रिय रहेपनि अवसर नपाएका नेता हुन् । कांग्रेसभित्रको गुटउपगुटका कारण उपेक्षाको शिकार भए। स्थानीय र पार्टी जनाधारलाई उनले जित्ने आधार मानिरहेका छन् । भन्छन्, ‘यो क्षेत्र कांग्रेसको बलियो जनाधार भएको क्षेत्र हो । त्यसैले पनि म जित्छु ।' उनले चुरे क्षेत्रको सडक सञ्जाललाई मुख्य चुनावी मुद्दा बनाएका छन । ‘सडक नै भएन भने जनताको जीवनस्तर माथि उठ्न सक्दैन, त्यसैले मैले सडक बनाउने कुरा मुख्य एजेन्डा बनाएको छु' भण्डारीले भने।

स्थानीय तह निर्वाचनमा उम्मेदवार चयनमा विवाद थियो । तर, प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा भने कांग्रेसले पूर्वराष्ट्रिय सभा सदस्य हिरादत्त भट्ट र पुराना नेता यज्ञराज चौधरीलाई प्रदेशसभा सदस्यको उम्मेदवार विवाद मिलेर आफूलाई फाइदा पुगेको भण्डारीको जिकिर छ।

720x90_1
 
720x90
730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2