MENU

अनुष्काले छोडिन् करणको फिल्म

635x90_3

एजेन्सी मंगलवार, कात्तिक २८, २०७४ 6852 पटक पढिएको

Share This

635-X-85_1

मुम्बईः बाहुबली हिट भएपछि यसका कलाकार लिएर फिल्म निर्माण गर्न बलिउडका निर्माता तथा निर्देशक निकै उत्साहित भए । बलिउडका स्टार निर्देशक तथा निर्माताका रूपमा चिनिएका करण जौहर पनि बहुबलीका कलाकार लिएर हिन्दी चलचित्र बनाउन तम्सिएका थिए । तर, बाहुबलीका नायक प्रभास र नायिका अनुष्का सेट्ठी दुवैले करणको सपना साकार हुन दिएनन्।

करणले आफ्नो नयाँ प्रोजेक्टमा प्रभासलाई अफर गरेका थिए तर उनले एकै पटक २० करोड पारि श्रमिक मागेपछि कुरा अगाडि बढ्न सकेन । प्रभासले अस्वीकार गरेपछि करणले दोस्रो प्रोजेक्टका लागि अनुष्कालाई अफर गरे ।

तर, रोल मन नपरेको र हिरोको तुलनामा आफ्नो रोल कमजोर भएको भन्दै उनले पनि करणको अफर स्वीकार गरिनन् । करणले आफूलाई फिल्म अफर गरेपछि अनुष्काले अफ्ना खास मित्र प्रभाससँग सल्लाह गरेकी थिइन् ।

प्रभासले अनुष्कालाई करणको फिल्म नगर्न सल्लाह दिएपछि उनी पछि हटेको सञ्चारमाध्यमहरूले जनाएका छन् । यसअघि पनि अनुष्काले इम्तियाज अलीको फिल्म ‘तमासा’ मा हिरो रणवीरको तुलनामा आफ्नो रोल कमजोर भएको भन्दै छोडेकी थिइन् । पछि उक्त रोल दीपिका पादुकोणले गरिन् थिइन् । 

720x90_1
 
720x90
730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2