MENU

दुर्गुम डाँडामा मास हाइकिङ

635x90_3

गोपीकृष्ण ढुंगाना मंगलवार, कात्तिक २८, २०७४ 407 पटक पढिएको

Share This

635-X-85_1

काठमाडौंबाट ३० किलोमिटर दूरीमा रहेको पनौती बजार पुगेपछि तीन किलोमिटरको सवारी यात्राबाट चालिसे पुगिन्छ ।

(दुर्गुम) काभ्रे : करिब चार सयले पनौती नगर क्षेत्रको चालिसेबाट दुर्गुम डाँडासम्म हाइकिङ गरेका छन् । विद्यार्थी, विदेशी, कर्मचारी र स्थानीय नेतासमेतले शनिबार एक हजार तीन सय मिटर उचाइमा अवस्थित चालिसेबाट दुई हजार तीन सय उचाइमा रहेको दुर्गुम डाँडासम्म सात किलोमिटर दुरीमा ‘मास हाइकिङ’ गरेका हुन् ।

पनौती नगरपालिकाको सहकार्यमा ‘हाइक फर हेल्थ एन्ड इन्भायरोनमेन्ट’ भन्ने नाराका साथ पनौती गोरखनाथ युवा क्लबले ‘मास हाइकिङ’ को आयोजना गरेको हो । पनौती-३ स्थित चालिसेबाट सुरु भएको हाइकिङ नागी हुँदै साढे तीन घण्टाको पैदल यात्रापछि वडा नं २ स्थित दुर्गुम डाँडामा पुगेर टुंगिएको थियो । दुर्गुमबाट पुनः पुछारी भएर चालिसे फर्कने गरी हाइकिङको रुट बनाइएको छ ।

पूरै फन्को मार्दा १३ किलोमिटर पदयात्रा हुनेछ । दुर्गुम डाँडामा पुगेपछि पूर्वको कञ्चनजंघादेखि धवलागिरिसम्मका गौरीशंकर, लाङटाङ, अन्नपूर्ण, गणेशलगायत हिमाल देख्न सकिन्छ । गुर्दुमबाट नजिकै देखिने फुलचोकी एकदेखि डेढ घण्टाको पैदल यात्रामा पुग्न सकिने स्थानीयको भनाइ छ ।
फुल्चोकीको काखमा रहेको गुर्दुम आसपासमा दुई सय ८० प्रजातिका चराचुरुंगी, एक सय ५० प्रजातिका औषधिमूलक रुखबिरुवा पाइने वडा नं २ का अध्यक्ष पुरुषोत्तम अधिकारीले बताए ।

उनका अनुसार उक्त क्षेत्रमा जरायो, चितुवा, मृगजस्ता वन्यजन्तु र विश्वमै लोप हुन लागेको काँडेभ्याकुर पनि पाइन्छन् । ‘गुर्दुममा गत माघमा पाराग्लाइडिङको परीक्षण गरिसकेका छौं, प्रक्रिया पूरा हुनासाथ थालनी गर्नेछौं । सँगसँगै रक क्लाइम्बिङका लागि पनि अध्ययन थालिसकेका छौं’, उनले अन्नपूर्णसँग भने, ‘हामीले काठमाडौं उपत्यकावासीका लागि सरल र सहज हाइकिङ गर्ने रुटका रूपमा चालिसे-गुर्दुम डाँडालाई छनोट गरी विकास गरेका हौं ।’

स्थानीय बासिन्दाका अनुसार हाइकिङ रुट गुर्दुमबाट तिखाथुम, देउराली, लठ्ठाभन्ज्याङ हुँदै लाकुरी भन्ज्याङसम्म छ । यसैगरी लठ्ठाभन्ज्याङबाट गोदावरी पनि निस्कन सकिन्छ । लाकुरीभन्ज्याङबाट गुर्दुम हुँदै पनौतीको कुशादेवीसम्म दिनभरिको हाइकिङ रुट रहेको उनीहरूको भनाइ छ । गुर्दुम गाउँलाई नै होमस्टे बनाउने तयारी भइरहेको क्लबका अध्यक्ष सुदीप न्यौपानेले जानकारी दिए । हाइकिङबाट शारीरिक एवं मानसिक अवस्थामा सुधारसँगै यस क्षेत्रको समेत विकास हुने अपेक्षा गरिएको उनले बताए । गुर्दुम डाँडामा हाल एउटामात्र होमस्टे सञ्चालनमा छ । गुर्दुम काठमाडौंबाट नजिकै रहेको र सम्भावनाको क्षेत्र भए पनि ओझेलमा परेको उनको भनाइ छ । एकैपटक तीन सय पदयात्रीलाई टेन्टसमेतको व्यवस्था गरेर सेवा दिएको उनले जानकारी दिए ।

६ जनाको समूहमा हाइकिङमा सहभागी पनौतीस्थित बालबाटिका विद्यामन्दिरमा कक्षा ११ मा अध्ययनरत निकिता थापाले पहिलोपटक हाइकिङमा आएको बताइन् । थकानसँगै मनोरञ्जन र ज्ञान लिइरहेको उनले बताइन् । ‘यति नजिकै (तीन किलोमिटरको दूरीमा) बाट हाइकिङ गर्ने सुनौलो अवसरलाई हामीले गुमाइरहेका रहेछौं’, उनले भनिन् । सफा पनौती सुन्दर पनौती वातावरण संरक्षण अभियानका संयोजक वीरविक्रम थापाले धेरै चर्चामा नरहे पनि विदेशीहरू गुर्दुम आउने तर नेपालीलाई नै थाहा नभएको बताए । काठमाडौंबाट ३० किलोमिटर दूरीमा रहेको पनौती बजार पुगेपछि तीन किलोमिटरको सवारी यात्राबाट चालिसे पुगिन्छ ।

720x90_1
 
720x90
730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2