MENU

बालाजुमा जिपको ठक्करबाट एकको मृत्यु, एक घाइते

रासस मंगलवार, कात्तिक २८, २०७४ 1767 पटक पढिएको

Share This

635-X-85_1

काठमाडौँ: बालाजुमा जिपको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ।

गएराति ११ बजेतिर नम्बर नखुलेको जिपको ठक्करबाट घाइते भएका नुवाकोट गेर्खुका शेखर प्याकुरेलको उपचारका क्रममा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा निधन भएको हो।

यस्तै, साइकलको पछाडि रहेका तनहुँ दमौलीका मन्दीप परियारको पिपल्स अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनापश्चात् जिपसहित चालक फरार रहेको र चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ।

720x90_1
 
720x90
730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2