MENU

आगलागीबाट दुई घर नष्ट

खेम बुढामगर मंगलवार, कात्तिक २८, २०७४ 2074 पटक पढिएको

Share This

635-X-85_1

रोल्पा : रोल्पाको दुईवटा घरमा आगलागी हुँदा लाखौंको क्षति भएको छ। मंगलबार बिहान साढे एक बजे घरमा आगलागी हुँदा रोल्पा नगरपालिका ७ जंकोटका ५० वर्षीय शशीराम पुन र ४० वर्षीया मिना पुनको घर जलेर नष्ट भएको हो।प्रहरीका अनुसार आगलागीबाट १८ लाख पन्ध्र हजर आठ सय बराबरको क्षति भएको छ।

शशीरामको घरको दायाँ भागबाट आगो सल्केपछि घर छेउमै रहेको मिनाको घरमा पनि आगो सल्केको थियो। छिमेकी टेकबहादुर विकका अनुसार आगो लागेको गाउँलेले देखेपछि घरबेटीलाई खबर गरेकाले मानवीय क्षति हुन भने पाएन। विकका अनुसार घरमा आगो लागिरहेका बेला घरपरिवारका सदस्य भने मस्त निद्रामा सुतिरहेका थिए। आगो लागिरहेको भन्दै छिमेकी कराएपछि उनीहरु अात्तीदै बाहिर निस्केका थिए।

घर, अन्नपात, लत्ताकपडा, भाँडाकुँडा सबै जलेर खरानी भएका छन्। गाईवस्तु भोङबाट बाहिर छाडिएका थिए। टेलीफोनबाट आगलागीको खबर पाएपछि जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव निरीक्षक धनबहादुर केसीको नेतृत्वमा प्रहरी घटनास्थल पुगेर मुचुल्का उठाए पनि आगलागीको कारण पत्ता लगाउन सकेको छैन।

प्रहरीका अनुसार मिनाको घरसहित १० लाख ५ हजार आठ सय र शशीरामको ८ लाख दस हजार बराबरको क्षति भएको छ। पीडित मिनाका पति गत वर्ष कार्तिक २८ गते (आजकै दिन) विदेसमा मृत्युु भएको थियो। मलेसियामा रोजगारीमा पुगेका पति सुतेकै अवस्थामा मृत फेल परेका थिए। पतिको मृत्यु पछि एक छोरा र तीन छोरी हुर्काउँदै आएकी मिनाको घर जलेपछि उनी बिचल्लीमा परेकी छिन्।



720x90_1
 
720x90
730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2