MENU

कम्प्युटर ईन्स्टिच्युटमा आगलागी हुँदा २० लाखको क्षति

राजकरण महतो मंगलवार, कात्तिक २८, २०७४ 1187 पटक पढिएको

Share This

635-X-85_1

 बर्दिबास : महोत्तरीको बर्दिबासस्थित एसपिएस कम्प्युटर ईन्स्टिच्युटमा विद्युत् सर्ट भएर आगलागी हुँदा २० लाखको क्षति भएको छ। बर्दिबास नगरपालिका —१ मुख्य चोकस्थित ईन्स्टिच्युटमा राती ११ बजे भीषण आगलागी भएको हो।

आगलागीबाट कम्प्युटर ईन्स्टिच्युट पूर्णरूपमा क्षति भएको इलाका प्रहरी कार्यालय बर्दिबासका डिएसपी प्रवीण पोखरेलले बताए। स्थानीयले ईन्स्टिच्युटभित्र आगो देखेपछि प्रहरी र गाउँलेलाई खबर गरेका थिए। आगलागीबाट ईन्स्टिच्युटमा ठूलो क्षति पुगेको छ।

ईन्स्टिच्युटमा रहेको २० वटा डेस्कटप कम्प्युटर , ५ वटा ल्यापटपलगायत अन्य सामग्री जलेर पूर्णरूपमा नष्ट भएको प्रहरीले जनाएको छ। आगलागी १ घन्टा ३० मिनेटमा स्थानीबासिन्दा, नेपाल प्रहरी र सशस्त्र प्रहरीले बर्दिवास नगरपालिकाको बारुण यन्त्रको सहयोगमा नियन्त्रणमा लिएको हो। आगलागी विद्युत सर्ट भएर हुनसक्ने प्रहरीले अनुमान गरेको छ।

 

720x90_1
 
720x90
730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2