MENU

मलेसियाले नेपाललाई दियो ४६ रनको लक्ष्य

अन्नपूर्ण मंगलवार, कात्तिक २८, २०७४ 12953 पटक पढिएको

Share This

635-X-85_1

काठमाडौं : मलेसियामा जारी एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगितामा मलेसियाले नेपाललाई ४६ रनको लक्ष्य दिएको छ । बायुमास ओभलमा जारी खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेको थियो । नेपालले फिल्डिङ रोजेपछि व्याटिङमा उत्रिएको मलेसियाले १५.३ ओभरमा  सबै विकेट गुमाइ ४५ रन बनायो । सुरुमा निकै आक्रमक व्याटिङ गरेको मलेसियाले ५.४ ओभरमा ३३ रन बनाउँदा पहिलो विकेट गुमाएको थियो । ११.६ ओभरमा ४१ रन बनाउँदा ९ विकेट गुमाएको थियो भने ४५ रन बनाउँदा सबै  विकेट गुमायो

नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक ५ विकेट लिए । दिपेन्द्रसिंह ऐरी र साहब आलमले समान २–२ विकेट लिए भने अनिकुमार शाहले १ विकेट लिए।

वर्षाका कारण खेल अवरुद्ध भएपछि २४ ओभरमा झारिएको छ । 

शनिबार बंगलादेशसँगको पहिलो खेलमा २ विकेटको हार व्यहोरेको नेपाली युवा टोलीले आइतबार बलियो प्रतिद्वन्द्वी भारतलाई १९ रनले पराजित गरी इतिहास रच्न सफल भएको थियो । नेपाललाई समूह चरण पार गर्न आजको खेल जित्नै पर्ने अवस्था छ ।

एसीसी यू-१९ एसियाकपमा ८ राष्ट्रले प्रतिस्पर्धा गरिरहेका छन्। नेपाल रहेको समूह ए मा नेपालसहित भारत, बंगलादेश र मलेसिया रहेका छन् भने समूह बी मा श्रीलंका, अफगानिस्तान, पाकिस्तान र युएई रहेका छन्। शनिबार बंगलादेशसँग नेपाल २ विकेटले पराजित भएको थियो ।

720x90_1
 
720x90
730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2